डीडीसीमा भएको भ्रष्टाचार र अनियमितता विरुद्ध ४ किसान संगठनहरुको संयुक्त बक्तब्य

डीडीसीमा भएको भ्रष्टाचार र अनियमितता विरुद्ध ४ किसान संगठनहरुको संयुक्त बक्तब्य

पैष २६ काठमान्डौ ।
कृषि प्रधान देशमा किसानहरु र कृषिजन्य बस्तु उपभोक्ताहरु ठगिने र बिचौलिया तथा ठूला जिम्मेवारीमा बसेका कर्मचारीहरु मालामाल हुने स्थितिको अन्त्य हुन«को बदलामा त्यभित्र भएका किसान विरोधी कार्यहरुले अहिले नेपाल दुग्ध बिकास संस्थान(डीडीसी) भ्रष्टाचारको अखडा बनेकोमा ती अनियमितता र भ्रष्टारको कडईकासाथ छानबिन गरी नीज प्रमख झा लगायत जिम्मेवार सबैलाई कानुनको दायरमा ल्याउन र हदैसम्मको कारबाही चलाउन जोडदार माग गर्दै ४ किसान संगठनहरुको निम्न संयुक्त बक्तब्य प्रकाशित गरेका छन् :

४ किसान संगठनहरुको संयुक्त  बक्तब्य

दुग्ध बिकास संस्थान(डीडीसी) एकातिर  झण्डै ९७ करोड भन्दा बढी घाटामा गएको, किसानहरुको दूधको पैसा समयमा तिर्ने नगरेर बक्यौता राखेको, त्यहाँबाट म्याद नाघेको घ्यू उपभोक्तालाई बिक्री गरेको जस्ता अनियमितताका खबरहरु आइरहेकोमा  पछिल्लो समय त्यस डीडीसीका प्रमुख सञ्जीव झाले संस्थानको १७ करोड रुपैया हिनामिना र अपचलन गरेकोले डीडीसीबाट हटाई छानबिन गर्न मन्त्रायलमा तानिएको र छानबिन हुन थालेको खबरप्रति हामी ४ किसान संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।  हामी डीडीसीमा भएको सम्पूर्ण अनियमितता र भ्रष्टारको कडईकासाथ छानबिन गरी नीज प्रमख झा लगायत  जिम्मेवार सबैलाई कानुनको दायरमा ल्याउन र हदैसम्मको कारबाही चलाउन जोडदार माग गर्दछौ ।यसका अतिरिक्त किसानहरूको भुक्तानी दिन बाँकी सम्पूर्ण रकम तुरून्त सबै किसानहरूलार्इ दिन पनि हामी बिशेष जोड दिन्छौ ।

साथै लम्पी रोगबाट गाई बस्तु गुमाएका किसानहरुलाई तत्काल क्षतिपूर्ति दिन र त्यस्ता रोगहरु आउन नदिन समयमै साबधानी अपाउन पनि बिशेष माग गदछौं । कृषि प्रधान देशमा किसानहरु र कृषिजन्य बस्तु उपभोक्ताहरु ठगिने र बिचौलिया तथा ठूला जिम्मेवारीमा बसेका कर्मचारीहरु मालामाल हुने स्थितिको अन्त्य गर्ने सबै उपायहरु गर्न र कडा कदम चाल्न पनि हामी सरकारसँग बिशेष जोड दिन चाहन्छौ ।

२०८० पुष २६