विप्लव निकट २६ जना विद्यार्थी नेता कार्यकर्ताहरुले गरे विद्रोह, क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)मा ध्रुवीकृत, यसरी गरियो भव्य स्वागत (फोटोफिचर)

विप्लव निकट २६ जना विद्यार्थी नेता कार्यकर्ताहरुले गरे विद्रोह, क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)मा ध्रुवीकृत, यसरी गरियो भव्य स्वागत (फोटोफिचर)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेकपा निकट अखिल (क्रान्तिकारी) परित्याग गरी २६ जना विद्यार्थी नेता कार्यकर्ताहरु मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा ध्रुवीकृत भएका छन् । विप्लव नेकपा परित्याग गरी आएका २६ जना विद्यार्थी नेता कार्यकर्ताहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेलले एक कार्यक्रमका बीच अबीर र खादा लगाएर भव्य स्वागत गर्नुभएको छ ।

पार्टी कार्यालय कुपण्डोलमा आयोजित ध्रुवीकरण कार्यक्रममा नेता सीपी गजुरेल, विद्यार्थी संगठनका इन्चार्ज हरिकृष्ण गजुरेल र संयोजक मिलन राई लगायतका नेताहरुले विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेर ध्रुवीकरणमा आएका विद्यार्थी नेताहरुलाई भव्य स्वागत गर्नुभएको हो ।

यसरी ध्रुवीकरणमा आउने विद्यार्थी नेता कार्यकर्ताहरुमा रविना सदाशंकर–केन्द्रीय सदस्य, हस्त विक–केन्द्रीय सदस्य तथा काठमाडौं संयोजक, छत्र विक–केन्द्रीय सदस्य तथा काठमाडौं–३ संयोजक, सुनिल भूल–केन्द्रीय सदस्य तथा काठमाडौं–४ संयोजक, बजीर नेपाली–काठमाडौं–२ जिल्ला संयोजक, हस्त विक सक्षम– काठमाडौं–६ संयोजक, नवीन परियार– काठमाडौं–१ सचिव रहनु भएको छ ।

त्यसैगरी ध्रुवीकरणमा आउनु हुने जिल्ला सदस्यहरुमा सुप्रिया नेपाली, देविका नेपाली, मनिषा विक, आरती नेपाली, लक्ष्मी विक, लेखराज मैनाली, अर्पण परियार, सक्षम सापकोटा, रामचन्द्र शिवाकोटी, अञ्जली तामाङ, दिवाकर, संगीता नेपाली, सुवास दुवाल, शेरबहादुर, हेमन्त बोहरा, सुनिल नेपाली, शंकर विक, महेश परियार (सिटिइभिटी सदस्य) लगायत हुनुहुन्छ ।

अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईको अध्यक्षतामा भएको ध्रुवीकरण कार्यक्रमको सञ्चालन रुपा बुढाले गर्नुभएको थियो । नेता सीपी गजुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिको रुपमा हरिकृष्ण गजुरेल, पेशल दाहाल, विरेन्द्र शाह, रविना सदाशंकर लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य महेश श्रेष्ठले राख्नुभएको थियो ।

विप्लव नेकपाबाट विद्रोह गर्ने २६ जना विद्यार्थी नेता कार्यकर्ताहरुले ध्रुवीकरणको क्रममा जारी प्रेस वक्तव्यमा भनेका छन्, “हामी हालसम्म विप्लवले नेतृत्वज गरेको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को तपसिल बमोजिमका विभिन्न जिम्मेवारीमा रहेर सक्रियतापूर्वक कामकाज गर्दै पार्टीभित्रका विविध राजनीतिक, सैद्धान्तिक÷वैचारिक तथा आर्थिक विचलन तथा खराबीका विरुद्ध आवाज उठाउँदै रुपान्तरणको कोशिस गरिरह्यौं । पार्टी र संगठनमा देखापरेका तिनै खराबीहरुका कारण पार्टीले विभाजन, विचलन र क्षयीकरण भोग्न प¥यो । त्यस पश्चात पनि समीक्षा गरेर रुपान्तरण गर्नुको सट्टा संगठनलाई ठेकेदारहरुको जिम्मा लगाउने, इमान्दार र क्रान्तिकारी पंक्तिलाई निषेध गर्दै जाने परिस्थिति विकसित हुँदै गएपछि हामीले नेकपा विप्लवबाट सचेत विद्रोह गरी नेपाली कम्युनिस्ट आन्दोलनको संवाहक÷प्रवाह मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)मा ध्रुवीकृत भएको सगौरव घोषणा गर्दछौं ।”