बालकुमारी हत्याकाण्डका विरुद्ध १२ सय जना विद्यार्थीको हस्ताक्षर बुझाइयो ललितपुरको सिडिओलाई

बालकुमारी हत्याकाण्डका विरुद्ध १२ सय जना विद्यार्थीको हस्ताक्षर बुझाइयो ललितपुरको सिडिओलाई

ललितपुर । अखिल (क्रान्तिकारी) ललितपुरले बालकुमारी हत्याकाण्डको विरुद्धमा गरेको हस्ताक्षर संकलन ललितपुरको प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई बुझाएको छ ।

अखिल (क्रान्तिकारी)का ललितपुर संयोजक इश्वरसिंह साउदको नेतृत्वमा गएको टोलीले १२ सय भन्दा बढी विद्यार्थीहरुको संकलित हस्ताक्षर बुधबार विहान जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।

संगठनका जिल्ला संयोजक साउदले युवाहरुको रोजगारी र सम्मानपूर्ण बाँच्न पाउने अधिकारको सुनिश्ति गर्न माग गरेका छन् ।