विरोध प्रदर्शनमा प्रहरी दमनको घोर भत्र्सना, पार्टीका सचिवालय सदस्य बसन्त बोगटीसहित पाँच जना गम्भिर घाइते

विरोध प्रदर्शनमा प्रहरी दमनको घोर भत्र्सना, पार्टीका सचिवालय सदस्य बसन्त बोगटीसहित पाँच जना गम्भिर घाइते

काठमाडौं । बालकुमारी हत्याकाण्डको विरुद्ध श्रम तथा रोजगार विभाग ताहाचल परिसरमा मंगलबार पार्टीद्वारा आयोजित जुलुस तथा कोणसभा कार्यक्रममा नेपाल प्रहरीले गरेको दमनको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना गरेको छ ।

पार्टी प्रवक्ता कञ्चनले एक वक्तव्य जारी गर्दै प्रहरीको अन्धाधुन्ध लाठीचार्जबाट पार्टीका केन्द्रीय सचिवालय सदस्य वसन्त बोगटी लगायत पाँच जना नेता कार्यकर्ताहरु गम्भिर घाइते भएका छन् ।

वक्तव्यमा शान्तिपूर्ण विरोध प्रदर्शन तथा कोणसभामा प्रहरी हस्तक्षेप गर्ने नेपाल सरकारको फासीवादी रवैयाको घोर भत्र्सना गर्दै घाइते कमरेडहरुको निशुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

thumbnail of Tahachal Statement-3