बालकुमारी हत्याकाण्डका विरुद्ध ललितपुरको लगनखेलमा सडक अन्तरक्रिया सम्पन्न (फोटोफिचर)

बालकुमारी हत्याकाण्डका विरुद्ध ललितपुरको लगनखेलमा सडक अन्तरक्रिया सम्पन्न (फोटोफिचर)

ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा ललितपुरको लगनखेलमा सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘बालकुमारी हत्याकाण्ड, बेरोजगार समस्या, राज्यको उदासिनता र नागरिक दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज लालबहादुर बिसीको नेतृत्वमा भएको सडक अन्तरक्रिया कार्यक्रममा पार्टीका सचिवालय सदस्य आकाशले जनताको राय बुझ्दै जनताका प्रश्नहरुको उत्तर दिनुभएको थियो ।


ललितपुर सहइन्चार्ज कगेन्द्र, कुमाल शिलवाल, पार्टी केस श्याम केसी लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख सम्बोधन ललितपुर जिल्ला इन्चार्ज लालबहादुर बिसीले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन भने पार्टीका ललितपुर जिल्ला सहइन्चार्ज कुमाल सिलवालले गर्नुभएको थियो ।