जनयुद्धका शहिद सलिमको शालिक अनावरण गर्ने तयारी

जनयुद्धका शहिद सलिमको शालिक अनावरण गर्ने तयारी

नवलपरासी – सम्मर स्मृति प्रतिष्ठान बर्दघाट–१४ बुद्धबस्ती नवलपरासीले जनयुद्धका शहिदहरुको स्मृतिमा बिभिन्न कार्यक्रम गर्ने संस्थाकोे योजना अनुसार जनयुद्धमा शहादत प्राप्त गर्ने शहिद सुर्यबिक्रम थापा (सलिम)को शालिक निर्माण सम्पन्न गर्दैछ । सलिमको २० औं स्मृति दिवस यही पौष १९ गते परेको हुदाँ सोही दिन अनावरण गर्ने तयारी सहित शालिक तथा स्तम्भ निर्माणको काम भइरहेको प्रतिष्ठानकी अध्यक्ष उषा के.सीले जानकारी गराउनुभयो ।
बर्दघाट–१४ स्थित शहिदस्मृति सामुदायिक अस्पताल विकास केन्द्रको प्रांगणमा निर्माणाधीन शालिकसहितको स्तम्भ निर्माणको काम अन्तिम चरण पुगेको उहाँको भनाई थियो ।
शालिक अनावरणका लागि पूर्व जनमुक्ति सेना नेपालका डिभिजन सह कमाण्डर समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने (दीपक), कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदीलगायत बिभिन्न माओवादी घटकहरुका नेता एंव राजनैतिक सामाजिक ब्यक्तित्वहरुको आतिथ्यता हुने आयोजकले जनाएको छ । बि.स. २०६० पौष १९ गते चितवनको जलबीरेमा बटालियन कमाण्डर सलिमले शहादत प्राप्त गर्नुभएको थियो ।