चीनिया कम्युनिस्ट पार्टीको ५ जून १९४४ मा जारी सर्कुलर

(‘चीनियाँं कम्युनिस्ट पार्टीको तीस वर्ष’ नामक पुस्तकबाट लिएको दस्तावेजको यो अंश राजनैतिक महत्वका साथै सांस्कृतिक महत्व पनि रहेकोले यहाँ प्रकाशित गरिएको छ । प्रस्तुत लेख नयाँ यथार्थ पत्रिकाबाट लिइएको हो ।– सम्पादक)

चीनिया कम्युनिस्ट पार्टीको ५ जून १९४४ मा जारी सर्कुलरका महत्वपूर्ण वूँदाहरूलाई यसरी प्रस्तुत गरिएको छ :

१. विशाल उत्पीडित जनसमुदायहरूलाई आफ्ना पक्षमा नल्याइकन, कठपुतली सेना र संगठनहरूलाई ध्वस्त नपारिकन र सशस्त्र विद्रोहको तयारी नगरिकन, ठूला सहर तथा अति महत्वपूर्ण सूचना एवं सञ्चार पङ्क्तिहरू कब्जा गर्नका निम्ति हामी सेना र ग्रामीण इलाकाहरूसंग तालमेल मिलाउन सक्तैनौँं । हामीसंग बलियो सेना वा आधार क्षेत्र छैन भने हामी जिम्मेवारी बोक्ने स्थितिमा हुन्नौँ ।

२. ब्यूरो तथा पार्टी कमिटीहरूले सहर तथा आधारक्षेत्रका कामलाई आफ्ना दुइ मुख्य कार्यभार ठान्नु पर्दछ । यस प्रकार सबै ठुला, मझौला र साना सहर र अति महत्वपूर्ण सूचना एवं सञ्चार पङ्क्तिहरू कब्जा गर्नका निम्ति तयारीको जिम्मेवारी निर्वाह गर्नु पर्दछ । यसले हामीलाई सशस्त्र विद्रोहको तयारीका निम्ति समर्थ बनाउँदछ । शत्रुलाई ठूला सहरबाट धपाउन भित्र र बाहिरबाट गरिने समन्वित कारवाहीहरू हाम्रा (पार्टीको) आधारभूत नियम हुन् ।

३. सशस्त्र विद्रोहमा सहरी तथा सूचना एवं सञ्चार पङ्क्तिको कामलाई उपेक्षा तथा हल्का ढङ्गले लिने (विगतको) स्थितिलाई बदल्ने कार्यलाई प्राथमिकता दिनु पर्दछ । यस कामको निम्ति पार्टीको ध्यान जमाउनै पर्दछ एवं सतर्कतापूर्वक अनुभवहरूको संश्लेषण गर्नै पर्दछ, तरिकाहरूको अध्ययन गर्नै पर्दछ, इकाइहरूको गठन गर्नै पर्दछ र कार्यकर्ताहरूलाई जिम्मेवारी सुम्पनु पर्दछ ।

४. यी कार्यभारहरू पूरा गर्न निम्न ठोस समस्याहरूको समाधान गर्नु आवश्यक छ :

पहिलो, विचारधाराबारे : व्यापकरुपमा कार्यकर्ताहरूलाई विचारले प्रशिक्षित गर्नु पर्दछ । (त्यसले अँंध्यारा दिनहरूमा टिक्नु, गोप्य सूचना प्राप्त गर्नु, आवश्यक सामग्री खरीद गर्नु, संगठनको संरक्षण गर्नु, जनसमुदायलाई विद्रोहमा र संगठनमा आफ्नो पक्षमा तान्नुमा भूमिका पूरा गर्छ) । सहरमा सशस्त्र विद्रोहको निम्ति तयारी गर्ने काम दीर्घकालीन एवं कष्टसाध्य काम हुन्छ । सहरिया सशस्त्र विद्रोह त्यतिबेला मात्र विजयी हुन सक्दछ, जतिबेला त्यसले बाहिरबाट हुने सैन्य आक्रमणको प्रतिक्रिया जनाउन सक्तछ वा भित्री तथा बाहिरी शक्तिको समन्वय गर्न सक्तछ । सहरी विद्रोह सञ्चालन वा यसको तयारीको काममा अधैर्यता तथा उत्ताउलोपना जस्ता त्रुटिहरूको विरोध गरिनु पर्दछ र बाहिरी सैन्य शक्तिसंग तालमेल नगरिकन एकहाते तथा अपरिपक्व सशस्त्र विद्रोहको थालनी गर्ने कुराको पनि विरोध गर्नु पर्दछ । पार्टी सदस्यहरूलाई गुप्त कामबारे प्रशिक्षित गर्नु पर्दछ र पार्टी सदस्य र कार्यकर्ताहरूले आवश्यक जानकारी मात्र थाहा पाउनु पर्दछ ।

दोस्रो, योजना र संगठनहरूबारे : उपरोक्त कुरालाई समेट्ने गरी योजनाहरू निर्माण गर्नु पर्दछ, जस्तै–जिम्मेवारीहरूको वितरण, इकाइहरूको गठन, कार्यकर्ताहरूको कार्यभार, ठूला, मझौला वा साना सहरहरूको स्थिति अनुसार कार्यकर्ताको तालिम, उनीहरूको आफ्नै क्षेत्रका रेलमार्ग एवं राजमार्गहरू तथा कठपुतली सेना एवं पुलिसहरूको ठोस सूचना लिनु पर्दछ । एउटा सहरको रेलमार्ग तथा राजमार्गको एउटा भाग अथवा एउटा कठपुतली सैन्य टुकडी वा पुलिस संगठनलाई आफ्नो कामको केन्द्रबिन्दु बनाइने गरी सक्षम कार्यसमिति गठन गरिनु पर्दछ । ठूला सहरमा काम गर्नका निम्ति कैँंयौँं उपसमितिहरू बनाउन सकिन्छ । यी उपसमितिहरूलाई आधार क्षेत्रको काममा संलग्न गराउनु हुँंदैन र सहरी तथा अति महत्वपूर्ण सञ्चार एवं सूचना पङक्तिको काममा दक्षता प्राप्त गर्नु पर्दछ । सुरुमा यस प्रकारका कमिटीहरू आधार क्षेत्रमा गठन गर्नु पर्दछ र सुरक्षित भएमा सहरहरूमा पनि खडा गर्नु पर्दछ । जिल्ला तथा पार्टी कमिटीहरूले यस प्रकारका कमिटीहरूलाई सौझै आफ्नै मातहतमा अधिकार प्रदान गर्नु पर्दछ । सहरी क्षेत्रमा काम गर्ने गुप्त कमिटीहरूलाई एक अर्कासंग असम्बद्ध राख्नु पर्दछ र उनीहरूको सम्बन्धबारे व्याख्या गर्नु हुँंदैन । कहिलेकाहीं जुध्न गएमा मात्र समझदारी र सहयोग पुर्याउनु पर्दछ । व्यवस्थापनको सुविधाको निम्ति सहरसंग सम्बद्ध सबै कमिटीहरूले सहरी विभाग (आवश्यकता र निर्देशन अनुसार) गठन गर्न सक्छन् । सहरी कामका लागि विशेष कार्यदल गठन गरिनु पर्दछ ।

तेस्रो, कामहरू निर्देशबारे : व्यापक जनताको बीच काम गर्ने कार्यकर्ताहरू (जो कठपुतली राजनैतिक, आर्थिक एवं साँंस्कृतिक संस्था, विद्यार्थी, बालबालिका तथा महिलाहरू र विभिन्न गुप्त समाज र संगठनहरूमा काम गरिरहेका हुन्छन्,) को बीच यी कामहरू संचालन गरिनु पर्दछ । मूख्य काम कठपुतली सैनिक तथा पुलिस र (लाखौँं) मजदूर एवं श्रमिकहरूलाई आफ्नो पक्षमा तान्नु हो । सशस्त्र विद्रोहको लागि यिनीहरू निर्णायक शक्ति हुन् । मजदूरवीचको हाम्रो गतिविधि तथा संगठनहरूलाई उच्चस्तरीय संयुक्त मोर्चाको कृयाकलापबाट पृथक गर्नु पर्दछ । उच्चस्तरीय संयुक्त मोर्चाको उद्देश्य तल्लोस्तरका जनताका गतिविधिलाई आवरण एवं सहयोग पुर्याउनु हो । ठूलो संख्यामा मजदूर तथा क्रान्तिकारी बुद्धिजीवीलाई सहर तथा अति महत्वपूर्ण पङ्क्तिबाट निस्केर छापामार युद्धमा सहभागी हुन परिचालन गर्नु पर्दछ । सहर तथा अति महत्वपूर्ण सूचना एवं सञ्चार पङ्क्तिहरू कब्जा गर्नका निम्ति भित्री र बाहिरी समन्वित कार्वाहीहरू गर्ने विचार नै पार्टीको आधारभूत सोँंच हो (हुनु पर्दछ) । यो नै सम्पूर्ण शक्तिहरूको विन्यास तथा सबै कामहरूको व्यवस्थापनको प्रस्थान बिन्दु हो ।

चौथो, काम गर्ने तरिकाबारे : सहर तथा अति महत्वपूर्ण पङक्तिहरूका काम गर्ने तरिकाहरू, अनुभवहरूको संश्लेषण गर्दै निर्धारण गर्नु पर्दछ र भावी कामहरूको आलोकमा पुनरावलोकन गर्नु पर्दछ । जनसमुदायद्वारा सिर्जित सबै राम्रा तरिकाहरूलाई लोकप्रिय बनाउनु पर्दछ । कानूनी तथा गैरकानूनी संघर्ष वीच तालमेल : सबै जिल्ला तथा सबै प्रकारका जनसमूह र सबै परिस्थितिमा कानूनी र गैरकानूनी संघर्षका निम्ति उपयुक्त हुने संघर्षका रुपहरूबारे सतर्कतापूर्वक अध्ययन गर्नु पर्दछ । शत्रु अधिकृत क्षेत्रमा पार्टी तथा सहयोगी संगठनहरू गुप्त रहनु पर्दछ । त्यस कारण (यस्ता क्षेत्रहरूमा) काम कार्वाही गुप्त र कार्यशक्ति सानो र सक्षम हुनु पर्दछ । सहरी काम बढाउन कठपुतली संगठनहरू निर्माण गर्नु पर्दछ र विविध प्रकारका मिश्रित सामाजिक संगठनहरू वा विशुद्ध व्यावसायिक सामाजिक संस्थाहरू खडा गर्नु पर्दछ । जनतासंग घनिष्ठ सम्बन्ध हुने व्यावसायिक संस्थाहरू (जस्तै: चिया पसल, रेष्टुराँं आदि), कारखाना, कार्यशाला, स्कूल तथा पसलहरू पनि शत्रुलाई झुक्याउने र जनसंगठनको लागि राम्रो सहयोगी हुन सक्छ । आधार इलाकामा झैँं यस्ता ठाउँंहरूमा पनि लौह अनुशासन र ठोस कार्यविभाजन आवश्यक हुन्छ । जनताको वास्तविक हितको रक्षालाई प्रस्थान बिन्दु बनाउँंदै उनीहरूलाई एकताबद्ध गर्नु पर्दछ । सहरमा हाम्रो पार्टी, सेना र हाम्रो संघर्षबारेमा जानकारी प्राप्त गरेपछि, समाचार सुनेपछि, वा निश्चित सम्पर्क कायम गरेपछि वा पार्टी वा सेना सम्बन्धी रचना प्राप्त गरेपछि आत्मगौरव ठान्ने एउटा तप्का छ । जनताको एकता विकसित गर्न हामीले यस्तो स्थितिबाट लाभउठाउनु पर्दछ । शत्रु अधिकृत क्षेत्रमा यी कामहरू अत्यन्तै भूमिगत र सीमितरुपमा गर्नु पर्दछ । शत्रु अधिकृत क्षेत्रहरूमा प्रचारात्मक कामहरूमा कानूनी र गैरकानूनी दुबै तरिका अपनाउनु पर्दछ । कानूनी तरिका—कानूनी समाचार पत्रहरू, प्राज्ञिक पत्रहरू, पुस्तक र कानूनी नाराहरू । गैर कानूनी तरिका—पर्चा, पम्पलेट, किताबहरू र गैरकानूनी पत्रपत्रिकाहरू । प्रचारको लागि मौखिक प्रचार सबैभन्दा महत्वपूर्ण तरिका हो, अफवाह पनि फैलाउन सकिन्छ । यसको लागि छुट्टै संगठन हुनु पर्दछ । सहरमा दुई प्रकारका कार्यपद्धतिगत भडकाउ पाइन्छन् :

(१) लापर्वाही, गैरजिम्मेवारीपना, चर्को हल्लाखोरी र उत्ताउलोपनाको दुस्साहसवादी तरिका,

(२) पुच्छरवाद, आत्मसुरक्षावाद, जनसम्पर्क तथा जनकार्य गर्ने अस्वीकृति । यी दुबै भडकाउबाट बच्नु जरुरी छ ।

सही तरिका : सही तरिका भनेको जति सक्दो बढी जनतासंग सम्पर्क गर्नु र एकताबद्ध गर्नु, जनचेतना तथा जनसंंगठनको स्तरलाई माथि उठाउनु र सक्षम एवं गुप्त संगठनहरूको गतिविधिलाई जनता तथा तिनीहरूको कानूनी संगठनभित्र लुकाउनु हो । विद्रोह भन्दा पहिले सबै संगठनहरू तथा समर्थकहरू निश्चित (defined) तथा व्यवस्थित (systematic) रुपबाट बच्नु पर्दछ र विजय प्राप्त गर्न र क्षति घटाउन अनिश्चित तथा विश्रृङ्खलित (scattered) रुप अपनाउनु पर्दछ ।

पाँचौँं, कार्यकर्ताहरू : ठूलो संख्यामा कार्यकर्ता शहरमा जानु पर्दछ । सहरमा विद्यमान र विगतका कार्यकर्ताहरूको जिम्मेवारीलाई निरन्तरता दिन तथा नयाँं तरिका अन्तर्गत नयाँं अनुभवहरूलाई आत्मसात गरेर काम गर्न सबै तरिका अपनाएर फकाउनु पर्दछ । शत्रु अधिकृत इलाकामा रहेका विगतका पार्टी कार्यकर्ताहरू र गैर पार्टी कार्यकर्ताहरू कानूनी संघर्षमा र शत्रुलाई झुक्याउने कार्यमा दक्ष भई सकेका हुन्छन र शहरमा विभिन्न व्यवसायमा आफूलाई स्थापित गराई सकेका हुन्छन् । यिनीहरूलाई प्रशिक्षित, विकसित र अधिकतम प्रभावकारिता सहित प्रयोग गर्नु पर्दछ ।

छैठौँं, अर्थ व्यवस्था : सहर र अति महत्वपूर्ण कामको लागि हामीसंग ठूलो मात्रामा पैसा हुनु पर्दछ । जबसम्म कार्यकर्ताहरूको पक्षमा अनावश्यक खर्च हुँंदैन र शहरमा काम गर्ने अधिकारीहरूमा ज्यालादारी चिन्तन कायम रहन्छ , हामीले सबै आवश्यक खर्च व्यहोर्नु पर्दछ । सबै आधार क्षेत्रका संगठनहरूले शहर तथा अति महत्वपूर्ण क्षेत्रको लागि कोष छुट्टयाउनु पर्दछ । हर तथा अति महत्वपूर्ण पङ्क्तिहरूमा व्यापारको लागि पूँंजी उपलब्ध गराउने पद्धतिको लागि स्वीकृति दिइनु पर्दछ र कामको खर्च नाफाबाट बेहोर्नु पर्दछ ।