नयाँ दिल्ली । अखिल भारत प्रवासी नेपाली एकता समाज चण्डीगढ -हिमाल राज्य समिति अन्तर्गत बल सिंह र भद्रकलाको पहलमा र अखिल भारत प्रवासी नेपाली एकता समाज केन्द्रीय सदस्य चेतमान भण्डारीको बिशेष उपस्थितिमा सम्पन्न भएकाे भेलाले मोहन लाल तामाङ को नेतृत्वमा १५ सदस्य किन्नोर टापरी नगर समिति गठन गरेकाे छ ।
जसमा अध्यक्ष:-मोहन लाल तामाङ, उपाध्यक्ष:- भ्रद कला वोहरा, सचिव:- सुदिप, सह सचिव: राजु, कोषाध्यक्ष:-देविका, सदस्य हरुमा:-बल सिंह, सन्तोष, बिर सिंह, शंकर, सुमित्रा माझी, गंगा घर्ति, गंगा बुढा, चक्र वहादुर, खडक वहादुर थापा र करण रहनु भएको छ ।
भेलामा प्रमुख अतिथिले बर्तमान परिस्थितिलाई मध्यनजर गर्दा भारतमा नेपालीहरुको अवस्था दयनीय रहेको र नेपालीहरु देशमा रोजगार नपाएर बाध्य बिवश भएर आफ्नो जीवीका निर्वाहको लागि दैनिक हजारौको संख्यामा युवा -युवती वृद्ध बुबा -आमाहरु बिदेश लाग्नु परेको यर्थार्थकाे चित्रण गर्दै देशमा साम्राज्यवाद, बिस्तारबादी हस्तक्षेप दिन प्रतिदिन बदिरहेको अवस्थामा राष्ट्रियता-जनतन्त्र-जनजीविका सवालमा प्रवासी नेपालीहरु आफ्नो हकअधिकारका निम्ति संगठित हुनु आजको आवश्यकता रहेकाेमा जाेड दिनु भयाे । र, अखिल भारत प्रवासी नेपाली एकता समाजमा आवद्व हुन आह्वान गर्नु भयो ।