महाधिवेशन आयोजक समिति सदस्य कान्छाराम तामाङलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण जिम्मेवारीबाट हटायो

महाधिवेशन आयोजक समिति सदस्य कान्छाराम तामाङलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण जिम्मेवारीबाट हटायो

काठमाडौं । पार्टीका महाधिवेशन आयोजक समितिका सदस्य कान्छाराम तामाङलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा तामाङलाई पार्टी विरोधी गतिविधिमा समेत संलग्न रहेको पाइएकोले पार्टी सदस्यता सहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएको जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टीका महाधिवेशन आयोजक समितिका सदस्य कान्छाराम तामाङ् लामो समयदेखि पार्टी सम्पर्कमा नरहेको, पार्टीका नियमित गतिविधिबाट विच्छिन्न रहेको र पछिल्लो समयमा पार्टी विरोधी गतिविधिमा समेत संलग्न रहेको पाइएकोले उहाँँलाई पार्टी सदस्यता सहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएको व्यहोरा यसै वक्तव्य मार्फत् आवश्यक सबैका लागि जानकारी गराइएको छ ।”