टी–२० आईमा नेपालले एकै खेलमा कीर्तिमान बनायो ७ रेकर्ड

 

 

काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै भएको छ ।

चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३।१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो ।