यो हो कोरिया, जनगणतन्त्र कोरिया

यो हो कोरिया, जनगणतन्त्र कोरिया

 

 

यो हो कोरिया, जनगणतन्त्र कोरिया
संसारकै श्रमजीवी जनताको मित्र हो
उत्पीडित–सर्वहारा श्रमिकको साथी हो
त्याग, बलिदान, चेतनाको गौरवगाथा कोरिया
संसारकै मानिसको स्वाभिमान हो कोरिया ।

यो हो कोरिया, जनगणतन्त्र कोरिया

साम्राज्यवाद यसलाई देखी थर्र–थर्र काँप्दछ
यसको नाम लिनासाथ पागल–प्रलाप हाँक्दछ
क्रान्तिकारी–देशभक्त यसलाई देखी सुर्रिन्छन्
जनताका वैरीहरू आफैँ मुर–मुर्रिन्छन् ।

यो हो कोरिया, जनगणतन्त्र कोरिया

संसारलाई भेदन गर्ने यन्त्र बनाउँछ आफैँ
जुछे विचार, समाजवाद फैलाउँछ यो सधैँ
राष्ट्रपति किम इल सुङको दूरदृष्टि यसमा छ
नेता किम जोङ इलको सङ्गुन नीति त्यसमा छ ।

यो हो कोरिया, जनगणतन्त्र कोरिया

युवा नेता किम जोङ उनको सफल छ नेतृत्व
देशका लागि लड्न–मर्न तयार छ भ्रातृत्व
समाजवाद र जुछे विचार तन–मनमा छ सबैको
देशभक्त–क्रान्तिकारी विचार छ फुलेको ।

यो हो कोरिया, जनगणतन्त्र कोरिया

ट्रम्प–बाइडेनलाई धाप मार्छ शक्तिशाली कोरिया
दासताका विरुद्धमा होक्काँ गर्छ कोरिया
स्वाभिमानको राज छ, समाजवादको ताज छ
विचारको उच्चतामा जगमगाउँछ कोरिया ।

यो हो कोरिया, जनगणतन्त्र कोरिया

नाकाबन्दी झेलेर, प्रतिबन्ध सहेर
टिकेको छ आफ्नै पौरख, देश, जनता भनेर
अढाइ कोटी कोरियालीबाट पाठ सिक्नुछ
वैरीलाई तह लाउन पूरै बल झिक्नु छ ।

यो हो कोरिया, जनगणतन्त्र कोरिया

नेपालमा नि समाजवाद ल्याउने हाम्रो धोको छ
दलाल–जाली व्यवस्थाले देश खोक्रो भा’को छ
नेपाल–कोरिया लेखकरपत्रकार मञ्च छ
कोरियाको विश्वास छ, हाम्रो यात्रा लम्कन्छ ।

यो हो कोरिया, जनगणतन्त्र कोरिया

दुई देशका जनताबीच सम्बन्ध छ अटुट
कोरिया र नेपालको नाता बन्छ प्रगाढ
आऊ सबै उत्पीडित क्रान्ति–झन्डा समाई
दुई देशको वर्ग–नाता गाढा पारौँ रमाई ।

यो हो कोरिया, जनगणतन्त्र कोरिया