गाईघाट,उदयपुर / अखिल (क्रान्तिकारी)को प्रदेश स्तरिय प्रशिक्षण हिजो उदयपुरको गाईगाटमा भब्यरुपमा सम्पन्न भयो ।
अखिल (क्रान्तिकारी) का प्रदेश संयोजक महेश श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १ नम्बर प्रदेशका संयोजक संङ्कुल प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहरुमा प्रदेश सहसंयोजक सिताराम बुढाथोकी, पार्टीका केन्द्रिय सदस्य अम्मर परियार, केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज मोहन सिंह तामाङ ,केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज डिल्ली बोहोरा ,केन्द्रिय सदस्य अम्बिका रेग्मी , उदयपुर सह संयोजक शङ्कर पौडेल , प्रदेश सदस्य तथा क्रान्तिकारी पत्रकार संघ १नम्बर प्रदेश संयोजक मधुकर थापा, प्रदेश सदस्य तथा त्रियुगा नगर इन्चार्ज लिल ब. बि.क ,प्रदेश सदस्य तथा त्रियुगा नगर संयोजक भिम सुर्खेती हुनु हुन्थ्यो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश संयोजक सङ्कुलले बिध्यार्थिहरु क्रान्तिकारी परिबर्तनका बाहाक भयकोले दलाल संसदिय ब्यबस्थालाइ ध्वस्त बनायर नयाँ जनबादी ब्यबस्था ल्याउन क्रान्तिको अग्र पंक्तिको मोर्चामा उभिनु पर्ने बताउंदै बैज्ञानिक शिक्षाको लागि बिध्यार्थिहरु आन्दोलित हुनु पर्ने बताउनु भयो ।
त्यसैगरी उहांले बर्तमान राजनैतिक अबस्थाको बिस्लेषण गर्दै प्रशिक्षण मुलक मन्तब्य राख्नु भएको थियो ।त्यसै गरि उक्त कार्यक्रममा अतिथी प्रदेश सह संयोजक सिताराम बुढाथोकी ,के.स.अम्मर परियार,मोहन सिंह तामाङ ,डिल्ली बोहोरा, अम्बिका रेग्मी, प्रदेश सदस्य रिता मगर लगायतले प्रशिक्षणमुलक शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा उल्लेखनीय सहभागी रहेको थियो ।