अखिल नेपाल जन स्वास्थ्यकर्मी संगठनव्दारा ऐक्यवद्धता जाहेर गर्दै प्रेस विज्ञप्ति प्रकाशित

अखिल नेपाल जन स्वास्थ्यकर्मी संगठनव्दारा ऐक्यवद्धता जाहेर गर्दै प्रेस विज्ञप्ति प्रकाशित

साउन २२ गते हेटौडाको सन्चो अस्पतालमा उपचारका क्रममा राजेश प्रधान नामको विरामी ज्वरो आएर एक रात बस्नुभयो । उक्त विरामी डेंगु को संक्रमित हुनुभएको र उहाँको अवस्था जटिल देखिएकोले भरतपुर अस्पताल रिफर गरिएको थियो । उक्त बिरामीको भरतपुर अस्पतालमा उपचार गर्ने क्रममा ३ दिन पश्चात् मृत्यु भएको थियो । त्यसको एक महिना पश्चात् भाद्र २७ गते डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारी माथी सेवारत अवस्थामा विरामीका आफन्त भन्नेहरुव्दार संघातिक हमला भएको छ । यश घटनाले चिकित्सक एवम् सबै स्वास्थ्यकर्मीहरुलाई असुरक्षित गराएको छ ।
तसर्थ सरकारसँग त्यस प्रकारको घटना कहिल्यै नदोहोर्‍याउने ग्यारेन्टीको माग गर्दै स्वास्थ्यकर्मीहरुको हक हित मर्यादा र सुरक्षाको माग गर्दै चिकित्सक ,स्वास्थ्यकर्मिहरुले अगाडि बढाएको शान्तिपूर्ण आन्दोलनमा अखिल नेपाल जन स्वास्थ्यकर्मी संगठन ऐक्यवद्धता जाहेर गर्दै निम्न प्रेस विज्ञप्ति प्रकाशित गरेको छ :