काठमाडौं महानगर वडा नं. १० को एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

काठमाडौं महानगर वडा नं. १० को एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काठमाडौं महानगर वडा नंं १० को एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको बुद्धनगर शंखमूलस्थित बुद्धमार्ग टोलमा शनिबार सम्पन्न भएको अधिवेशनले पदम लामा संयोजक र शिव सुवेदी सहसंयोजक रहेको १३ सदस्यीय वडा कमिटि निर्माण गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य उज्वलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा पार्टीका प्रदेश सदस्य तथा बरिष्ठ अधिवक्ता फडिन्द्र कार्की, पार्टीका प्रदेश सदस्य तथा काठमाडौं महानगरका इन्चार्ज बोजराज श्रेष्ठ र पार्टीका प्रदेश सदस्य तथा वडा नं. १० का इन्चार्ज मिनकुमार रानामगर र पार्टीका जिल्ला सल्लाहकार तथा संयुक्त राष्ट्रिय सुुकुम्बासी मोर्चाका केन्द्रीय उपाध्यक्ष पवन गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनमा प्रमुख अतिथि उज्वल, अतिथिहरु फडिन्द्र कार्की, बोजराज श्रेष्ठ र पवनमान गुरुङले पार्टीका विचार, राजनीति, संगठन र संघर्षका विषयमा समसामयिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनमा नवगठित वडा कमिटिको तर्फबाट सहसंयोजक शिव सुवेदीले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।