चिन्ता 

चिन्ता 

साताको साहित्य ः गीत

यो देश नै रहन्न कि चिन्ता बढिरहेछ
यो स्वाभिमान गुम्छ कि सङ्का बढिरहेछ

सहिदका सपुतका स्वप्ना हराउला
त्यो किर्तिमानी त्यागको आस्था हराउला
दलाल पूँजिवाद यो झन् झन् बढिरहेछ
राष्ट्र हराउला कतै सङ्का बढिरहेछ

यो देश … … …
यो स्वाभिमान … … …
पँञ्जा खुनी उज्याई बिस्तारवादी छन् खडा
साम्राज्यवादका दले छन् लेण्डुपे यहीँ खडा
बड्दोछ भ्रष्ट संस्कृति चिन्ता बढिरहेछ
राष्ट्रै हराउला कतै सङ्का बढिरहेछ ।

यो देश … … …
यो स्वाभिमान … … …

चस्कन्छ छाति राष्ट्रको देख्दा यो दुर्दिन
धर्ती बझ्याई राष्ट्रको जान्छौ युवा किन
सचेत भै जुटौ सबै सङ्कट बढिरहेछ
राष्ट्रै हराउला कतै सङ्का बढिरहेछ ।

यो देश … … …
यो स्वाभिमान … … …

विकल्प वर्गयुध्द हो क्रान्ति उठाउनु प¥यो
अजेय राष्ट्रभक्तिको सुनामी ल्याउनु पर्याे
निष्पट्ट कालरात्री यो झन् झन् बढिरहेछ
राष्ट्रै हराउला कतै सङ्का बढिरहेछ ।

यो देश … … …
यो स्वाभिमान … … … ।
चितवन, २०८०/५/२९