‘चन्द्रा थानी स्मृति तथा कवि गोष्ठी’ सम्पन्न (फोटोफिचर)

‘चन्द्रा थानी स्मृति तथा कवि गोष्ठी’ सम्पन्न (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कवियत्री चन्द्रा थानीको स्मृतिमा बिहीबार ‘चन्द्रा थानी स्मृति तथा कवि गोष्ठी’ कार्यक्रम सम्पन्न गरिएको छ । इच्छुक साँस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रमको आयोजना चन्द्रा थानी स्मृति प्रतिष्ठान र अखिल नेपाल लेखक संघले संयुक्त रुपमा गरेका थिए ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता चन्द्रा थानी स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य सिपी शर्माले गर्नुभएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कञ्चनले समाजको क्रान्तिकारी रुपान्तरणका निम्ति कवियत्री चन्द्रा थानीले पु¥याउनु भएको योगदानको विशेष चर्चा गर्नुभएको थियो । कार्यक्रममा चन्द्रा थानीको सम्मान र सम्झनामा कविहरु प्रा.डा.जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डेय, बलराम तिमल्सिना, बसन्त बोगटी, प्रभात सापकोटा, शोभा दुलाल, छायाँदत्त न्यौपाने, अशोश सुवेदी, दिक्षा पाण्डे, आस्था घिमिरे, पञ्चकुमारी परियार, अग्नीराज पौडेल, विष्णु न्यौपाने, इन्दिरा अधिकारी, नन्दिस अधिकारी, प्रनिशा बोगटी, मञ्जिल बोगटी, पुन्य आचार्य लगायतले क्रान्तिकारी कविता प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रममा ढुन्डीराज अधिकारीले गीत प्रस्तुत गर्नुभएको थियो ।


सुनिता बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा कवि मित्रलाल पंज्ञानीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कृष्ण धमला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।