समय असाध्यै थोरै छ कामरेड !

समय असाध्यै थोरै छ कामरेड !

शनिबारीय साहित्य : कविता
*****
जब मार्क्सका पुस्तक
र भगत सिंहका लेखहरू प्रतिवन्धित हुन थाल्छन्
तव बुझ्नु-
अब समय खासै धेरै बचेको छैन ।
जब आन्दोलनका पुस्तकहरू
र फैज अहमद फैजका गीतहरूमाथि
खोजतलास गर्दाका
जुत्ताका छाप देखिन थाल्छन्
तब बुझ्नु –
समय बेतोडले दौडिरहेको छ ।
कमरेड , समय एकदम थोरै छ ।
 
जब क्रान्तिकारीहरूको सुराकी गर्नेहरू
‘राष्ट्रिय झण्डा’ फहराउन थाल्छन्
त्यसपछि बुझ्नु
सास तानेर फाल्न जति समय लाग्छ
त्यति समय पनि बाँकि छैन ।
जब बिहानीको सुरुवात
चराहरूको चिर्विरटहटबाट नभएर
सैनिक बुटका आवाजबाट हुन्छ
तब बुझ्नु –
समय बितिरहेको होइन
बरु पग्लिरहेको छ ।
 
जब बच्चाहरूका मुस्कान
एकै क्षणमा भयमा फेरिन्छन्
अझै पनि के कुराको पर्खाइ हो ?
त्यसैले भनिरहेको छु कमरेड
समय असाध्यै थोरै छ
एकदमै थोरै ………….
 
अनु: मुक्ति पथिक