मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका बैठक सम्पन्न

मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका बैठक सम्पन्न

भाद्र १५ मोरङ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न भएको छ ।


शुक्रबार उक्त गाउँपालिका स्थित मधुमल्ला चौकमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले बैठक तथा प्रशिक्षण गर्दै रोशन कट्टेलको नेतृत्वमा २५ सदस्य गाउँ संगठन समिति निर्वाचित गरेको हो ।


उक्त बैठक तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि पार्टीका सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विमल निरौलाले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य भए मात्र देशले निकास पाउने बताएका छन । मजदुर ,किसान ,सुकुम्बासी , दलित ,महिला र उत्पीडित वर्ग र उत्पीडित जातिहरुले आफ्नो राज्यसत्ता स्थापना गर्नका लागि एकजुट भएर क्रान्तिमा सहभागी हुन निरौलाले आग्रह गरे । यो व्यावस्थाको अन्त्य गरेर नयाँ जनवादी राज्य व्यवस्था स्थापना गरेपछि मात्र नागरिकहरुले आधारभूत अधिकार पाउने भनाई राख्दैे नव निर्वाचित संगठन समितिलाई नयाँ जनवादी सत्ता प्राप्त गर्ने संकल्प सहित अगाडि बढ्न शुभकामना दिए ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला संयोजक बादलले जनयुद्धले उठाएका वर्गिय , जातिय , लैंगिक तथा क्षेत्रीय समस्याहरु अहिले पनि कायमै रहेकोले ती समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति अपरिहार्य भएको बताए ।
बैठकमा पाटी प्रदेश सदस्य तथा मोरङका सह–संयोजकद्वय नरसिंह धिमाल तथा सिर्जन पौडेल र पार्टीकै प्रदेश समिति सदस्य तथा मिक्लाजुङ इन्चार्ज अटलको उपस्थिती रहेको थियो । उनीहरुले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । बैठकको अध्यक्षता तथा संचालन रोशन कट्टेलले गरेका थिए ।