राप्ती गाउँपालिकामा जेष्ठ नागरिक र गर्भवती महिलाले पाए निःशुल्क एम्बुलेन्स सेवा

राप्ती गाउँपालिकामा जेष्ठ नागरिक र गर्भवती महिलाले पाए निःशुल्क एम्बुलेन्स सेवा

दाेर्ण केसी/दाङ १४ भदौ ।
दाङको राप्ती गाउँपालिकाका जेष्ठ नागरिक र गर्भवती महिलाहरू खुशीले हर्षीत भएका छन् । दाङको राप्ती गाउँपालिकाले जेष्ठ नागरिक, गर्भवती तथा सडक दुर्घटनाका घाइतेका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएपछि सो गाउँपालिकाका जेष्ठ नागरिक, गर्भवती तथा सडक दुर्घटनाका घाइतेहरू खुशी भएका हुन् । गाउँपालिका भित्र बसोबास गर्ने ८० वर्षदेखि माथिको उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूती सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको सो गाउँपालिकाले जनाएको छ ।

एम्बुलेन्सले उपचारका लागि गाउँपालिका भित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क पु¥याउने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी गराएका थिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले “सिसहनिया स्वास्थ्य चौकीमा रहेको पुरानो एम्बुलेन्सलाई मर्मत गरेर सञ्चालनमा ल्याएको र केही महिनापछि नयाँ एम्बुलेन्सबाट सेवा दिने बताउँदै’, उनले भने, ‘यो सेवाबाट जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाहरु बढी लाभान्वित हुनेछन् ।’ उनले नागरिकलाई स्थानीय सरकारको अनुभूती गराउने गरि काम गरिरहेको बताएका थिए । यसअघि गाउँपालिकाले कृषकका लागि कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको अध्यक्ष विष्टले जानकारी गराएका थिए ।