मकवानपुर जिल्लाबाट एमसीसी परियाेजनालाई लखेट्न चार कम्युनिस्ट पार्टीका नेताहरुकाे आव्हान

मकवानपुर जिल्लाबाट एमसीसी परियाेजनालाई लखेट्न चार कम्युनिस्ट पार्टीका नेताहरुकाे आव्हान

हेटाैडा । क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज गगन, नेकपा (विप्लव)का प्रतिनिधि सुर्य गाेले, नेकपा (कट्टेल)का केस साेमनाथ तिम्सिना, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधिले मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न जिल्लाका राप्सिङ, कैलास र हेटाैडा उपमहानगरबासी जनतालाई आव्हान गरेका छन् ।एमसीसी परियाेजना लागू भए नेपाल युक्रेनजस्तै युद्धबाट ध्वस्त हुने चेतावनी दिंदै नेताहरुले जिल्लाबासी जनतालाई यस्ताे आव्हान गरेका हुन् ।
एमसीसी परियाेजना कार्यान्वयन विरुद्ध चार कम्युनिस्ट पार्टीले हेटाैडामा आयाेजना गरेकाे विराेध प्रदर्शनलाई सम्बाेधन गर्दै नेताहरुले कुनै पनि हालतमा एमसीसी परियाेजना कार्यान्वयन गर्न दिन नहुने पक्षमा वक्ताहरुले आफ्नाे भनाइ जाेडदार रुपमा राखेका थिए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालकी जिल्ला संयाेजकले सञ्चालन गरेकाे विराेध सभाकाे कार्यक्रमअघि हेटाैडाकाे बुद्धचाेकबाट निकालिएकाे विराेध जुलुसले नगरपरिक्रमा गरेकाे थियाे ।