बाँकेमा चार राजनितीक दलको एमसीसी विरुद्ध विरोध सभा सम्पन्न

बाँकेमा चार राजनितीक दलको एमसीसी विरुद्ध विरोध सभा सम्पन्न

१३ भदौ नेपालगन्ज ।
बाँकेमा केन्द्रीय कार्यक्रम अनुसार चार राजनितीक दलले एमसीसी विरुद्ध विरोध सभा सम्पन्न गरेका छन् ।


सभा नेपालगन्जको विच सहरको त्रिभुवन चोकमा आयोजना गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी , वैज्ञानिक कम्युनिस्ट पार्टी र नेकपाका नेता तथा कार्यक्रताको वाक्लो सहभागिता रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुुख वक्ता आर सि पि नेपालका के स तथा बाँके जिल्ला संयोजक विशाल खाँले नेपालका संसदिय दलहरुले नेपाली जनता र नेपालको राष्ट्रियता माथि ठूलो चुनौती खडा गरेका छन र एम सीसी जस्तो राष्ट्रिघाती सम्झौता गरि नेपालको राष्ट्रिय अखण्डता स्वतन्त्रता, नेपालको असलग्न परराष्ट्र नितिको ठाडो उलङधन गरेका छन भने ।


नेपालका प्रकृतिक श्रोत साधन माथि अमेरिकाको ठाडो हस्तक्षेप हुने गरि गरिएको एमसीसी सम्झौता हामिलाई किमार्थ स्विकार्य छैन र यश सम्झौतालाई हामी कर्यान्वयन गर्न दिदैनौ भन्दै दलाल संसदीय दलको घोर भत्र्सना गरे । उक्त सभालाई नेकपाका के स सुनिल शर्मा र वैज्ञानिक समाजवादीका केस मुक व वि कले समेत आफ्ना धारणा राखेका थिए ।