३ भाद्र बाँके ।
बाँके जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकोे एकता भेलाव्दारा संगठन सुदृढीकरण विस्तार र संघर्षका कार्यक्रम सञ्चालन गरिएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकोे एकता भेलापछि कार्यलयको एकता वैठक अनि जिल्ला सचिवालयको पैठकले गाउ नगरका एकता भेला संगठन सुदृढीकरण विस्तार र संघर्षका कार्यक्रम अन्तरगत भाण्डाफोर भित्तेलेखन अभियान व्यापक रुपमा सञ्चालन गरेको छ ।
कार्यक्रमअनुसार नरैंनापुर गाउपालिकाबाट सुरु गरि राप्ती सोनारि गाउँ पालिकामा व्यापक रुपमा संचालन गरेको छ । नरैंनापुरका ५ वटा वडामा वडा कमिटि गठन, किसान कमिटी गठन, गरि राप्तिसोनारिका दुईवटा वडामा वडा कमिटी गठन गरेको छ । उक्त अभियानको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपालका केन्द्रीय सचिवालय सदस्य, तथा ६ नम्बर प्रदेश सह–संयोजक दिपक शाहीले गरेका छन् ।
उक्त अभियानमा जिल्ला संयोजक विशाल लगाएत प्रेम, तिलक, प्रकाश र विद्यार्थी नेताहरु दिपक ,रमेश,सुनिल, तपेन्द्र र जिल्ला संगठन समितिका सम्पूर्ण सदस्यहरु अभियानमा जुटेका छन् ।
यसै सन्दर्भमा अभियानको समिक्षा र आगामि काम थप गरन विसालको अध्यक्षतामा प्रथम जिल्ला वैठक वसेको छ । उक्त वैठकमा केन्द्रीय सचिवालय सदस्य तथा वाँके वर्दिया कमान्ड ईन्चाज दिपक शाहीको प्रमुख अतिथ्यतामा वसेको श्रोतले जनकारि दिएको छ ।
वैठकमा प्रमुख अतिथिले आगामि सम्पूर्ण संघर्षका काममा सवै पार्टी सदस्यहरु जनसमुदायलाई अभियानलाई सहयोग र समर्थनका लगि आव्हान गरेका छन् । सक्रियता पुर्वक सवै कार्यकर्ता लाग्न निर्देशन गर्दै शिक्षा , स्वास्थ्य क्षेत्रमा भएका विकृति विसंगति र निशुल्क र अनिवार्य अधिकार भएको संवैधानिक व्यवस्थालाई कार्यन्वयन गर्न सम्पुर्ण जनतालाई एकजुट गर्नु पर्ने र मिटर व्यजि लगायत वैक वितिय संस्थाले गरेको ज्यादतिका विरुद्र संघर्ष गर्न र जनतालाई घरवारविहीन गर्ने, यस्ता क्रियाकलाप बन्द गर्न र ठग संचालकहरुलाई जनकारबाही गर्नु पर्ने वताए ।
वैठक लगातार २ दिन चल्ने छ र वैठकसंगै सवै नेता कार्यक्रताहरुले जन श्रम पनि गर्ने वताइएको छ ।