आज हरेक विकासका नीति संगै हरेक तह र क्षेत्रका व्यवस्था फेल खाए संगै धुजा बन्दै मक्किएको अवस्थामा देशले पक्कै मैखिक अर्थकरमा सम्वृद्धि ल्याए पनि जनताको जनजीवनमा भने सम्वृद्धि ल्याउन सक्दैन् । वर्तमान देशको कहालिलाग्दो वास्तविक दृश्य प्रति नागरिक सचेत छन्,देशका फटाह शासकहरुको चरित्र छता छूल्ल भएको स्थिति हुदाँ अब छिटै नेपाली नागरिक दलाल,भ्रष्ट,लम्पट,चापलुसी,नोकरशाही उत्पादन गर्ने विरुद्ध मिसाल बनि सडक बाट विद्रोह गर्ने दिन छिटै नजिकदै छ । आज देशका उपल्लो तहमा बसेर देशको बागडोर समालेका नेतृत्वबाट नै आफ्नै देशका नागरिकहरु दास कामदारका रुपमा किनबेच हुने प्रक्रिया बडदै गएको छ । त्यसैमा तल्लिन भएका वर्तमान शासकहरुले हाम्रो मातृभूमिलाइ रणमैदान बनाउने कसरत गर्दै देशका जनशक्ति,प्रकृतिक स्रोत साधनहरु दोहन गर्दै कौडीको मुल्यमा लिलाम गर्न कुनै कसुर बाकी समेत राखेन्न !
नेपालको प्रारम्भिक शिक्षाको अभ्यासको चरणहरु हेर्दा सुरुमा गुरुकुलमा नि:शुल्क शिक्षाको व्यवस्था गरिन्थ्यो। सामन्तवाद हुदै पुजीवादी राजनीतिक पद्घति विकाससंग शिक्षालाइ शासकहरुले आफ्नो वर्गस्वार्थ अनुकुलमा परिभाषित/परिचालान गर्दै लगेको देखिन्छ । परिणाम शिक्षामा सबै जनताको समान पहुँच कायम हुनसकेन । अझैपनि कतिपय सडक नपुगेका दुर्गम वस्तीहरुमा त्यहाँका नागरिकहरु शिक्षा,स्वास्थ र विभिन्न मौलिक अधिकारबाट जनताहरु बन्चित हुनुपरेको छ । देशका मुख्य शहर देखि केहि मिटर परका जिल्लाका वस्तिहरुमा समेत त्यहाका राज्यको लगानीमा सन्चालित स्कुलहरुमा विधार्थीहरु २—३ घण्टा पैदल हिडेर शारिरिक एवं मानसिक रुपले पिडित विधार्थीहरुले सहजै शिक्षा हासिल गर्न अझै कठिन छ । भविश्यमा यसैले गर्दा उसले समय अनुकुल आफूलाइ तयारि अवस्थामा राख्न सक्दैन ।
देश विकासको निम्ति हाम्रो वर्तमान शिक्षा नीतिले संकटको सामना गर्न सकेको छैन । भविष्यका कर्णधारहरुले यस्तो शिक्षा नीतिबाट उचित प्रकारको ज्ञान,सीप र क्षमता ग्रहण गर्न सक्दैन्न । यसरी निर्माण भएका नागरिकहरुले देशको समग्र विकास नीतिमा प्रभावकारी परिणाम दिन सक्दैन्न । यो विषयमा वहस संचालन गर्दै हल दिने मार्गहरु कोर्नु पर्ने बेला आएको छ। विधार्थीहरु लाइ अध्यान सहज र परिणाम मुखि बनाउने हेतुले उनिहरु मानसिक र शारीरिक रुपमा पनि स्वास्थ राख्नु पर्ने दायित्व राज्यले लिनु पर्ने हुन्छ । देशमा अग्रगामी नेतृत्वको आवश्यक छ जसले मुलुकलाइ निर्देशन गर्दै मार्गहरु निर्माण गर्दै देश विकासका सम्भावनाहरु निर्माण गर्न सक्योस। शिक्षा देश विकासको मुख्य सम्भावना बोकेको साधन हो । यसलाइ विशेष ध्यान दिन अति आवश्यक छ साथै चुस्त एवं वैज्ञानिक शैक्षिक नीति अवलम्बन तथा व्यवहारमा प्रयोग गर्दै शैक्षिक समस्याहरु हल गर्दै जानुपर्ने वर्तमान समयमा अत्यावश्यकता बन्दै आएको छ। शिक्षा दास र कारिन्दा पैदा गर्ने थलोको रुपमा साम्राज्यवादको रेडिमेड ग्राण्ड डिआइजीमा अगि बड्दा समेत देशका शैक्षिक ठेकदारहरु र देशका औंलामा गन्न लायक माफिया दलाल शासकहरु अन्तरार्ष्टिट्रय स्तरको शिक्षा नेपालमा दिएका छौं भन्ने तर्कमा गर्व पेश गर्दछन् ।
आज देशलाई आफ्नौ मुलुक र जनतालाइ समृद्ध बनाउने शिक्षा नीति आवश्यक छ न कि शक्ति राष्ट्रहरुको भजन मण्डली, दलाली र गुलामीहरुको । यस्ता विकृत भ्रष्ट मानसिकता विरुद्ध दृढतापूर्वक अस्वीकार गर्दै शिक्षालाइ व्यवहार संग जोड्नु पर्दछ न कि तराजुमा तौलिय जस्तै वस्तुको मोल वरावरको मुल्य चुकाएर खरिद विक्रिको प्रक्रियामा शासक वर्ग रम्दै आफ्नै स्वार्थ अनुकुलको नीति लागु गरि पैसा कुम्लाउने विधि लागु गर्नेुमा अग्रसरता बड्ढाउने कार्यको अनत्य हुनु पर्दछ । शिक्षा जनताको जीवन फेर्ने, समानतामा आधारित,व्यवहारिक,जनवादी, वैज्ञानिक, देशको माटो सुहाउदो भविश्यमा मार्गनिर्देशन गर्दै जनजागृत गर्दै देशको मुहार फेर्ने खाल्को हुनुपर्दछ ।
विधार्थी युवा शक्ति भनेको समाजको अग्रगामी सोच र चेतनशील शक्ति हो समाज एवम् राष्ट्र विकासको अथाहा सम्भावना बोकेको हन्छ,भने सिक्ने र लागुगर्ने क्षमता भएको शक्ति हो। युवा विधार्थीहरु इतिहास देखि वर्तमान समयमा हामीले बुझदा महत्वपूर्ण ,जुझारु र अग्रिम भूमिका निर्वाह गरि गौरवपूर्ण इतिहास कायम गरेका छन। अहिले युवाहरुले देशमा भविश्य देख्न नसकी ल्पस टुको अध्यान नसकिँदै विदेशीने सपना बुन्नमा व्यस्त हुन्छ । अध्यान,अवसर,रोजगार तथा अन्य सुविधाका लागि वर्तमानमा जति सुकै कष्टकर र असहजता व्यतित गर्नु पर्ने भएपनि पछिको सहज जीवनका लागि विदेशिन बाध्य हुन पुगेका छन्। राज्यले युवाहरुलाइ राष्ट्र निर्माण अभियानमा सामेल गर्दै विकासका हरेक सम्भावनाहरुमा सामेल गर्दै लान सक्नुपर्दछ ।
राज्यप्रणालीका हरेक अंगहरु आज असफल हुदै गएका छन । बेलैमा सजक नहुदा आज ससाना समस्यहरुले ठूलाठूला भडखालो निर्माण गर्दै गएका छन्। समय गतिशील छ, त्यसैले बेला र परिस्थित पनि बदलिन स्वभाविक छ । शिक्षा आम परिवर्तनको सम्वाहक हो । शिक्षाको गुणस्थर हास हुदैँ जानुमा दोष कसको ? अव पनि विकास गर्न नसके कहिले गर्ने त ? शिक्षालाइ अब कागजी खोष्टाको अधिकारमा मात्र सिमित गराउन हुदै होइन वास्तविक कार्यन्यवनमा लैजान सम्वन्धित पक्षलाइ जिम्मेबार बनाउदै लैजानु पर्दछ । वर्तमान शिक्षा प्रणालीलाइ पूर्ण रुपमा आमुल परिवर्तन गर्नु पर्न अपरिहार्य बन्न पुगेको छ ।






























