(एक)
तिम्रा कर्तुतका चिरफार हुनेछ
फैसला गर्ने जनसर्कार हुनेछ
तिमीलाई बचाउने हुने छैनन् कोही
जनताबाट तिम्रो तिरस्कार हुनेछ ।।१।।
(दुई)
बिहानी लालीको रातो प्यारो छ
देशको एकमुठठी माटो प्यारो छ
देश बचाउन बलिदानी दिएका
शहिदका रक्त टाटो प्यारो छ ।।२।।
(तीन )
उनलाई मु ठेक माटो चाहियो
परिश्रम गर्ने पाटो चाहियो
दामका फुइ नलाउ कसैले
छाना मुनि चारोटा भाटो चाहियो ।।३।।
(चार )
जनताका काम गर देश दुखेको छ
सम्झौताभित्र तिम्रा कर्तुत लुकेको छ
जनमतको कदर गर अपमान होइन
सधै भाइ फुटे गवार लुटेको छ ।।४।।
-‘विकल्प’ प्रकाशोन्मुख कृतिबाट































