क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रेस—वक्तव्य

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रेस—वक्तव्य

श्रावण २४ काठमान्डौ ।
केही दिनको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा आएको बाढी र पहिरोका कारण घेरै नेपालीको मृृत्यु भएको छ, । कतिपय बेपत्ता भएका छन् र थुप्रै सम्पत्तिको हानी नोक्सानी भएको छ ।
प्राकृतिक विपत्तिको यस दु:खद घडिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निम्न प्रेस—वक्तव्यव्दारा पार्टीका सबै स्तरका नेता तथा कार्यकर्ताहरुलाई बाढिपहिरोबाट पीडित जनताको सहयोगमा तत्काल खट्न निर्देशन गर्दै र सरकारलाई पीडित जनतालाई गाँसबाँसको व्यवस्था गर्न, नोक्सान भएको सम्पत्तिको उचित क्षतिपूर्ति प्रदान गर्न र अप्ठ्यारोमा परेका जनतालाई राहत प्रदान गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।