बाढिपहिरोबाट पीडित जनताको सहयोगमा तत्काल खट्न नेता कार्यकर्तालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको विशेष निर्देशन

बाढिपहिरोबाट पीडित जनताको सहयोगमा तत्काल खट्न नेता कार्यकर्तालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको विशेष निर्देशन

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक वक्तव्य मार्फत् बाढिपहिरोबाट पीडित जनताको सहयोगमा तत्काल खट्न पार्टीका सबै स्तरका नेता तथा कार्यकर्ताहरुलाई विशेष निर्देशन दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले एक वक्तव्य जारी गर्दै यस्तो निर्देशन जारी गर्नुभएको हो ।

प्रेस वक्तव्यमा बाढी र पहिरोमा परी ज्यान गुमाएका जनताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

साथै वक्तव्यमा प्राकृतिक विपत्तिको यस दुःखद घडिमा बेपत्ता भएकाहरुको अविलम्ब खोजी गर्न, घरबास बगाएकाहरुका लागि तत्काल गासबासको व्यवस्था गर्न, नोक्सान भएको सम्पत्तिको उचित क्षतिपूर्ति प्रदान गर्न र अप्ठ्यारोमा परेका जनतालाई राहत प्रदान गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “देशका विभित्र भागहरुमा परेको अविरल वर्षाको कारण बाढी, पहिरोले मानिसहरुको मृत्यु भएको छ, कतिपय बेपत्ता भएका छन् र थुप्रै सम्पत्तिको नोक्सानी भएको छ । कतिपय स्थानहरुमा यातायात आवागमन समेत बन्द हुन पुगेको छ । सर्वप्रथम हाम्रो पार्टी मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली सहित तिनका परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्राकृतिक विपत्तिको यस दुःखद घडिमा बेपत्ता भएकाहरुको अविलम्ब खोजी गर्न, घरबास बगाएकाहरुका लागि तत्काल गासबासको व्यवस्था गर्न, नोक्सान भएको सम्पत्तिको उचित क्षतिपूर्ति प्रदान गर्न र अप्ठ्यारोमा परेका जनतालाई राहत प्रदान गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, बाढिपहिरोबाट पीडित जनताको सहयोगमा तत्काल खट्न हाम्रो पार्टी पार्टीका सबै स्तरका नेता तथा कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ ।”