भारतकाे उत्तराञ्चलमा पहिराेमा परि बेपत्ता नेपाली नागरिककाे खाेजी र उद्दार कार्यमा सरकारी उदासिनताकाे घाेर विराेध

भारतकाे उत्तराञ्चलमा पहिराेमा परि बेपत्ता नेपाली नागरिककाे खाेजी र उद्दार कार्यमा सरकारी उदासिनताकाे घाेर विराेध

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक वक्तव्य जारी गरी यही साउन १८ गतेका दिन भारतको उत्तराञ्चल प्रदेश अन्तर्गत रुद्रप्रयागको गौरीकुण्डमा गएको भीषण पहिरोमा परी त्यहाँ होटल चलाएका र अन्य श्रम गर्न गएका १३ जना नेपालीसहित १९ बेपत्ता हुन पुगेको खबरले पार्टीलाई निकै दुःखित तुल्याएको उल्लेख गरेकाे छ ।
पार्टीका कार्यालय सदस्य एवम् प्रवक्ता कञ्चनले जारी गरेेकाे वक्तव्यमा हालसम्म सनाखत भएका कालिकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएकाे छ । र, पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएकाे छ ।
वक्तव्यमा यतिका दिनसम्म पनि राज्य (नेपाल सरकार)ले पहिरोमा परेर बेपत्ता हुनेहरुको खोजी तथा उद्धारको लागि खासै चासो देखाएको भन्दै वर्तमान राज्य प्रणालीको गलत रवैया र स्वदेशमा नै रोजगारीको व्यवस्था नभएकाले भारत लगायत विदेशिएका नेपालीले अकालमा ज्यान गुमाउँदै आएकाे उल्लेख गरिएकाे छ। विदेशी माटोमा अकाल मृत्यु, घाइते तथा अशक्त हुने नेपालीको संख्या ठुलो रहेकाे उल्लेख गर्दै यसको मुख्य कारण, वर्तमान दलाल संसदीय व्यवस्था र सत्तामा रहनेहरुको संवेदनहीनता नै भएकाे ठाेकुवा गरिएकाे छ ।
वक्तव्यकाे अन्तमा भनिएकाे छ, “हाम्रो पार्टी यसको घोर विरोध तथा तीव्र भत्र्सना गर्दछ र बेपत्ताहरुकोतुरुन्तै खोजी तथा उद्धार गरोस् भन्दै हाम्रो पार्टी नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छ ।”