काठमाडौं । प्रहरी परिचालन कक्षबाट प्राप्त जानकारी अनुसार बाढी पहिरोका कारण देशैभरका दर्जनौं स्थानहरूमा हाल सडक अवरूद्ध रहेको छ । सडक अवरुद्ध भएको स्थानमा प्रहरी परिचालन भई यातायात सुचारू गराउने प्रयास भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार आज विहान ११ बजेसम्म डडेल्धुराको आतिताल गापा ८ सुनखोला स्थित बतुडर–जोगबुढा भित्री खडक खण्ड, म्याग्दीको रघुगंगा गापा–३ बैसरी स्थित बेनी जोमसोम खडकखण्ड, नुवाकोटको ककनी गापा–४ निगाले स्थित पासाङ ल्हामु राजमार्ग, मकवानपुरको बकैया गापा–११ लामराङस्थित कान्ति लोकपथ सडकखण्ड, सिन्धुलीको सुनकोशी गापा–२ कमेरेफाट स्थित बिपी राजमार्ग, काभ्रेको रोशी गापा–११ कालढुंगा स्थित विपी राजमार्ग, पाँचथरको फिदिम नपा ४ स्थित तमोर करिडोर, कैलालीको गोदावारी नपा ४ बुढीतोला स्थित भिमदत्त राजमार्ग, प्युठानको माण्डबी गापा १ गर्जेनी स्थित भालुवाङ सडकखण्ड, पाल्पाको तिनाउ गापा ३ ड्याम साइड स्थित सिद्धार्थ राजमार्ग एकतर्फी, बागलुङको बाग्लुङ नपा १० गलुवास्थित कालिगण्डकी करिडोर, चितवनको इच्छाकामना गापा.६ स्थित नारायणगढ मुग्लिङ सडकखण्ड एकतर्फी, पाँचथरको फिदिम नपा ४ स्थित तमोर करिडोर सडक अवरुद्ध बनेको छ ।






























