काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाकाे मण्डन देउपुर नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएकाे छ । एकता अधिवेशनले लेखराज अधिकारीको संयोजकत्वमा २३ सदस्यीय नगर संगठन समिति निर्माण गरेकाे छ ।
माधप गौतम (आकाश )को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्ला सह-संयोजक ढोग प्रसाद अधिकारी,प्रदेश सदस्य तथा महाभारत गा.पा इन्चार्ज असल मोक्तानको आतिथ्यता रहेकाे थियाे ।
रोशनको अध्यक्षतामा सम्पन्न एकता अधिवेशनमा असल माेक्तानले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । दीप प्रज्वलन गरी उद्घाटन गरिएको अधिवेशनमा प्रमुख अतिथि र अतिथिहरुले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएकाे थियाे ।
































