काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ललितपुर जिल्लाकाे ललितपुर महानगरमा पार्टीको एकता अधिवेशन, प्रशिक्षणमा तथा बैठक सम्पन्न गरेकाे छ । एकता अधिवेशन शनिबार सम्पन्न भएकाे हाे । एकता अधिवेशनले निरनकाे संयाेजकत्वमा १६ सदस्यीय ललितपुर महानगर संगठन समिति निर्माण गरेकाे हाे ।
पार्टीका कार्यालय सदस्य तथा प्रदेश संयाेजक अटलकाे प्रमुख आतिथ्यतामा सम्पन्न एकता अधिवेशनमा पार्टीका प्रदेश सहसंयाेजकहरु शार्दुल, प्रवेश र जिल्ला संयाेजक कगेन्द्र लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।