काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको निकट अखिल (क्रान्तिकारी)ले त्रिविको प्रश्नपत्रमा गम्भिर लापरवाहीका वारेमा चेतवनीयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । साउन ९ गते अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले जारी गरेको प्रेस विज्ञप्तिमा त्रिविको गम्भिर लापारवाहीका कारण विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कार्यमा संलग्नलाई तत्काल निश्काश गर्न जोडदार माग गरेको छ ।
प्रेस विज्ञप्तिमा मिति २०८०÷०४÷०८ मा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तह ४ वर्षीइ मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको History 410,(Elective), Introduction to Torurism Development विषयको परीक्षामा पाठ्यक्रमभन्दा बाहिर रहेर भारतको दिल्ली विश्वविद्यायलयको इतिहाससम्बन्धी विषयको प्रश्नपत्रको हुबहु प्रतिलिपि प्रश्नहरु सोधिएको र सो कुरा पत्ता लागेपश्चात विद्यार्थीलाई १ घण्टाभित्र अर्को प्रश्नपत्र निर्माण गरी परुीक्षा दिन लगाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
सो विज्ञप्तिमा यसअघि समेत एमए प्रथम र तेस्रो सेमेस्टरमा तथा बिबिए छैठौं सेमेस्टरमा प्रश्नपत्र बारम्बार दोहोरिरहँदा देशो सबैभन्दा पुरानो, ठूलो र प्रतिष्ठित मानिएको त्रिविको हैदसम्मको तापरबाही गर्ने प्रवृत्ति छरपस्ट भएको उल्लेख गरिएको छ । साथै यसले विश्वविद्यालयको विश्वसनियतामाथि गम्भिर प्रश्न चिन्ह खडा भएको पनि जनाइएको छ ।