महिलाका बारेमा आपत्तिजनक शब्द लेखिएको पुस्तक अखिल (क्रान्तिकारी)ले जलायो

महिलाका बारेमा आपत्तिजनक शब्द लेखिएको पुस्तक अखिल (क्रान्तिकारी)ले जलायो

काठमाडौँ । महिलाबारे आपत्तिजनक प्रश्न बनाएर किताब प्रकाशन भएको पाइएपछि सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले उक्त किताब जलाएको छ । माइतीघर मण्डलामा उनीहरुले विरोध प्रदर्शन गर्दै उक्त किताब जलाएका हुन् ।

लोकसेवा तयारी पुस्तक (गेमस्काउट, बन रक्षक, सफलताको साथी) मा महिलाहरुबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखेको पाइएपछि अनेरास्ववियू (क्रान्तिकारी) ले माइतीघरमा विरोध प्रदर्शन गरेको थियो । सो क्रममा उनीहरुले लेखक राम एकलव दासको किताब जलाएका हुन् ।

महिलाबारे आपत्तिजनक प्रश्न बनाइएको पाइएपछि सामाजिक सञ्जालको दासको कडा आलोचना भएको छ । यसबारे बुझ्न दासलाई सम्पर्कको प्रयास गरेपनि उनी सम्पर्कमा आउन चाहेका छैनन् ।

किताब प्रकाशित गर्ने पब्लिकेशनले भने पुस्तकमा दासकै सर्वाधिकार रहेकाले आफ्नो छाप्ने बाहेक अरु कुनै भूमिका नभएको जनाएको छ ।