उदयपुर / सत्ता र शक्तिको लागि मात्र पहुंच बन्दै आयको स्वास्थ क्षेत्र तर गरिब र असायहरु उपचार गर्न नपाएर अकालमै मृत्युको मुखमा पुग्न बाध्य हुनु परेको घटना सर्बत्र छ ।
यसै सन्दर्भमा सबै नागरिकको नि:शुल्क उपचार सेबा पाउने हकको सुनिश्चित गरियोस् भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी १ नं. प्रदेश समितिले विभिन्न माग राख्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रदेश समितिका संयोजक संकुलको नेतृत्वमा गयको टोलिले मुख्य मंत्री समक्ष सम्पुर्ण नागरिकको निशुल्क स्वास्थ्य उपचार सरल र सहज रुपमा हुनु पर्ने,सबैको निशुल्क स्वास्थ बिमा हुनु पर्ने, स्वास्थ क्षेत्रमा भइरहेको निजीकरण तथा ब्यापारीकरणको खारेजी हुनु पर्ने र स्वास्थ्य माफियाहरुलाई कार्बाही गरियोस भन्दै ध्यानाकर्षण गरेको थियो ।पार्टी संयोजक सकुंलले उक्त ज्ञापन पत्र बुझाउंदै मानव जिबनमा स्वास्थ्य जस्तो संबेदनशिल बिषय लाई सबैको लागि पहुंच पुर्याउन प्रदेश सरकार गम्भीर भयन भने पार्टिले जनसंघर्शको अभियानलाइ तिब्रता दिने बताउनु भयो ।
उक्त ज्ञापन पत्रमा संबिधानमा समेत मौलिक हकमा उल्लेख भएको आम नागरिकले पाउने निशुल्क स्वास्थ्य सेवा सरकारले रद्दीको टोकरिमा राखी जनताप्रति उदासिन बनेको,प्रतिक्रियाबादी राज्य सत्ता र दलाल संसदिय ब्यबस्थाको असफलताको कारण देश स्संकटमा गुज्रिएकोले नयाँ जवादी क्रान्ति सम्पन्न गर्दै बैज्ञानिक समाजवादमा फड्को मार्ने महान अभियानमा पार्टी अगाडि बढेको उल्लेख छ ।
त्यसैगरी जनताको प्रत्यक्ष सरोकारका बिषयलाई लियर देशै भरी जनसंघर्षको अभियान संचालन गर्ने बताउंदै पेश गरियका मागहरुप्रति प्रदेश सरकारले बेवास्ता गरेमा सशक्त संघर्षमा उत्रने उक्त ज्ञापन पत्रमा चेतावनी दिइएकाे छ ।