नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी(बसुप)ले एक बिज्ञप्ति जारी गर्दै जिल्लास्तरमा पूर्व पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी) र पूर्व नेकपा (बहुमत)लाई औपचारिक रुपमा बिघटन गरिएको जनाएको छ । पार्टीको असार ३० गते सम्पन्न एकता अधिबेशन, प्रशिक्षण तथा बैठकको निर्णय सार्वजनिक गर्दै जिल्ला संयोजक समर र सहसंयोजक श्रमिकद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा बिघठित दुवै पार्टी, कुनै समुह वा जनवर्गीय संगठनको नाममा गतिबिधि गरेको पाइएमा त्यसलाई अनुशासनको दायरामा ल्याइने उल्लेख छ । साथै पार्टीले जनसंर्घषका कार्यक्रम सार्वजनिक समेत गरेको छ । कार्यक्रम अन्तरगत जिल्लामा सुदखोरहरुको पहिचान गर्र्दै मिटर ब्याज,लघुबित्तीय समस्या र चर्काे ब्याजको बिरुद्ध संर्घष उठान गर्ने , स्थानीय तह तथा जिल्लाका बिभिन्न कार्यालयहरुमा हुने गरेका भष्ट्रचार तथा कमिशनखोरी एंव उपभोग्य सामानमा भएका कालाबजारी तथा महंगीका बिरुद्ध जनसंर्घष गर्नेलगायतका कार्यक्रम समाबेश गरिएको छ ।
बिज्ञप्तिको पुर्ण पाठ
बिषयः प्रेस बिज्ञप्ति
हाम्रो जनप्रिय पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी(बसुप)को ऐतिहासिक एकता अधिबेशन, प्रशिक्षण तथा बैठक मिति २०८० असार ३० गते शनिवार भब्य एंव शानदार रुपले सम्पन्न भयो । उक्त अधिबेशनले लिइएका महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस बिज्ञप्ति जारी गरिएको छ ।
१) अधिबेशन प्रारम्भमा सर्वप्रथम महान् जनयुद्ध, जनआन्दोलन, विश्व क्रान्ति र न्यायपुर्ण आन्दोलनको प्रक्रियामा प्राणको आहुति गर्ने सम्पूर्ण अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरियो साथै, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरु तथा घाइते अपाङ्ग योद्धाहरुप्रति उच्च सम्मान तथा स्मरण गरियो ।
२) एकता अधिबेशनले जिल्लास्तरमा पूर्व पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी) र पूर्व नेकपा (बहुमत)लाई औपचारिक रुपमा बिघटन गरियो । अब उप्रान्त बिघठित दुवै पार्टी, कुनै समुह वा जनवर्गीय संगठनको नाममा गतिबिधि गरेको पाइएमा त्यसलाई अनुशासनको दायरामा ल्याइनेछ । साथै, पार्टी एकता बारे केही भम्रहरु सिर्जना गर्न खोजिएको संश्लेषण सहित नेता कार्यकर्ता तथा आमजनसमुदाय लाई भम्रित नहुन अपिल गर्दै दृढतापूर्वक क्रान्तिकारी एकताको पक्षमा उभिन आब्हान गरियो ।
३) कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज क.प्रमोद, केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक क.अटल, केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक क.समिर, केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज क.तिलक, महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज क.संकल्प द्वारा प्रशिक्षणात्मक मन्तब्य सहित शुभकामना ब्यक्त भयो । उक्त कार्यक्रममा प्रदेश सल्लाहकार क.अनिल र शहिद परिवारको तर्फबाट क.राधाको समेत आतिथ्यता रहेको थियो ।
४) एकता अधिबेशन,प्रशिक्षण तथा बैठकले महाधिबेशन आयोजक समिति सदस्य क.समर संयोजक र पार्टीका प्रदेश संगठन समिति सदस्य क.श्रमिक सहसंयोजकको जिम्मेवारीमा रहने गरी ४१ सदस्यीय जिल्ला संगठन समिति गठन गरियो । कमिटी प्रणालीलाई सुब्यवस्थित रुपले अबलम्बन गर्न ३ सदस्सीय कार्यालय टिम , ९ सदस्सीय जिल्ला सचिवालय र सातै पालिकाको ईन्चार्ज र संयोजकहरुको जिम्मेवारी ठोस गरिएको छ ।
५) एकता अधिबेशन, प्रशिक्षण तथा बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित आधारभूत तथा ज्वलन्त समस्याहरुलाई लिएर निम्न बमोजिम संर्घषका कार्यक्रम तय गरिएको छ ।
(क) जिल्लामा सुदखोरहरुको पहिचान गर्र्दै मिटर ब्याज,लघुबित्तीय समस्या र चर्काे ब्याजको बिरुद्ध संर्घष उठान गर्ने ।
(ख) बंैक तथा बित्तीय संस्थाले जथाभावीरुपमा बृद्धि गरेको चर्काे ब्याजदरबारे राष्ट्रिय उद्योगी ब्यवसायीसंग अन्तरक्रिया गर्ने
(ग) स्थानीय तह तथा जिल्लाका बिभिन्न कार्यालयहरुमा हुने गरेका भष्ट्रचार तथा कमिशनखोरी एंव उपभोग्य सामानमा भएका कालाबजारी तथा महंगीका बिरुद्ध जनसंर्घष गर्ने ।
(घ) भारतबाट निर्वाध रुपले आयात हुदैं आएको बिषादी युक्त कृषिजन्य उत्पादन जस्तैः तरकारी, फलफूल, मासुजन्य उत्पादन आदि आयातका बिरुद्ध आन्दोलन संचालन गर्ने ।
ङ) शैक्षिक तथा स्वास्थ्यका क्षेत्रमा भएका ब्यापारीकरण तथा माफियाकरणका बिरुद्ध संर्घष गर्ने ।
च) पार्टीको केन्द्र तथा प्रदेशले तय गरेका संर्घषका कार्यक्रम कार्यान्वयन गर्दै जिल्लाको सिर्जनाशिलतामा थप जनपक्षीय आन्दोलनलाई संचालन एंव परिचालन गर्ने ।
क्रान्तिकारी अभिबादन सहित !
क.श्रमिक क.समर सहसंयोजक संयोजक