नेकपा (बहुमत)नाममा हुने कुनै पनि गतिबिधिको प्रतिबाद गर्न अपिल(बिज्ञप्ति)

नेकपा (बहुमत)नाममा हुने कुनै पनि गतिबिधिको प्रतिबाद गर्न अपिल(बिज्ञप्ति)

रुपन्देही – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश नम्बर पाँचले नेकपा(बहुमत) भन्ने कुनै पार्टी नभएको प्रस्टाएको छ ।
सो पार्टीका प्रदेश ईन्चार्ज प्रमोद र प्रदेश संयोजक अटलले आइतवार एक संयुक्त बिज्ञप्ति जारी गर्दै नेकपा (बहुमत)नाममा हुने कुनै पनि गतिबिधिको प्रतिबाद गर्न अपिल गरेको गरिएको छ ।

नेकपा(बहुमत) जिवित छ भन्ने गतिबिधि रहस्यमय र सुनियोजित रहेको बिज्ञप्तिमा उल्लेख छ ।
२०८० बैशाख १६ गते मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला कंचन नेतृत्वको नेकपा (बहुमत) बीच पार्टीको संयुक्त अधिबेशन गरेर १८ गते एकता घोषणा गरिएको थियो ।

बिज्ञप्तिः