काठमाडौं । प्रदेश ४ मा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकता अधिवेशन सान्दार रुपमा सम्पन्न भएको छ । एकता अधिवेशन लगत्तै बसेको पार्टीको बैठकले सर्वसम्मति रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनका क्रममा पार्टीका प्रवक्ता कञ्चन र कार्यालय सदस्य राजवीरले राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिक परिवेश, क्रान्तिका चुनौती र सम्भावनाबारे महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो ।
बैठकमा प्रदेशका संयोजक अनुकूलले कार्यविभाजन, प्रदेश अन्तर्गतका जिल्लाहरुको एकता अधिवेन, संघर्ष लगायतका आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । आवश्यक छलफल पछि प्रस्तुत कार्ययोजनालाई मुठ्ठी उठाई पारित गरिएको थियो ।
पार्टी प्रवक्ता कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता अधिवेशनको अध्यक्षता प्रदेश संयोजक अनुकूलले गर्नुभएको थियो भने सञ्चालन प्रदेश सहसंयोजक रुपेशले गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज आजादले आवश्यक दिशानिर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । एकता अधिवेशन तथा बैठकमा पार्टीको ४ नम्बर प्रदेशका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।





























