नेपाल एउटा मात्र त्यस्तो देश हो, जो सायद संसारमै प्राकृतिक सम्पदा र प्रकृतीको यति धेरै सुमधुर सम्बन्धबाट निर्मित छ । हुन त नेपालका हुनेखाने अरबपति, खरबपतिहरू अमेरिका, सिङ्गापुर, चीन, रुस, कोरिया यस्तै यस्तै अन्य देशको बारेमा गुणगान गाउने गर्छन् । यसरी बिभिन्न भाषण गरेर अर्कैको देशको प्रशंसामा समय खर्चिनेहरूकै कारण आज नेपालका इमान्दार मिहिनेती जनता आफ्नो मातृभुमी परित्याग गर्दै अर्काको भूमीमा टेक्न लाखौ, करोडौ खर्चेर देश छोड्नेहरूको धेरै ठुलो चाङ लागेको छ । हामी कलमजीबीले कलमबाट सन्देश दिएकै भरमा यति लामो लर्को रोकिन सम्भब छैन । हामीले राष्ट्रप्रतिको माया ममतामा फर्काउन चाहनेले चाहेर पनि असम्भब बन्दै गएको छ । प्रत्येक मानिसको एकअर्कासँग जिबन मिसिएको छ । अर्थात् गृहस्थको सरंचना मिसियको छ । गृहस्थ जिबन भन्ने बित्तिकै कतै न कतै बाह्य होस् आन्तरिक होस् प्रत्यक्ष होस् वा अप्रत्यक्ष रूपमा आर्थिक विषय जोडिएको हुन्छ । आर्थिक भन्ने बस्तु यस्तो रहेछ, त्यससँग असिमित आवश्यकता पनि जोडिएकै कारण कोही बाध्यताबाट मातृभुमी बिर्सिन पुग्यो कोही भने अबसरवादले गर्दा विभिन्न अबसर खोज्दै माटो त्याग गर्न पुग्यो । यिनै कारणभित्र भुटानी सरणार्थी प्रकरणले ठुलो स्थान ओगट्न पुग्यो ।
वास्तविकता कहाँबाट शुरुवात भयो ? जतिबेला भुटानमा धेरै लामो समयसम्म भुटानी सरह भुटानमा बस्दै आएका सम्पुर्ण नेपाली भाषी मानिसहरूले भुटानसँग अधिकारको लडाइँ लड्दै थिए । त्यसका नेताहरूले, नेतृत्व प्रदान गर्दै आएका व्यक्तित्व टेकनाथ रिजाल थिए । उनी धेरै लामो समयसम्म सङ्घर्ष गर्दै आए तर अन्तिममा उनको हार भयो उनी त्यहाँबाट नेपालमा विस्थापित हुन बाध्य भए । उनको सङ्ख्या करिब डेढ लाखको सेरोफेरोमा भुटानी सरणार्थी थिए । ती सबै नेपालमा आएपछि ब्यवस्थापनमा भने नेपाललार्ई ठुलो चुनौती थियो । त्यसकारण ती शरणार्थीलार्ई नेपालले इलाम र झापाका विभिन्न स्थानमा सकेसम्मको ब्यवस्थापन ग¥यो । यो ब्यवस्थापनको अवस्थालार्ई अमेरिका, क्यानाडा, अस्ट्रेलिया लगायतका देशहरूले राम्रोसँग नियाल्दै थिए । वास्तवमा अमेरिका साम्राज्यवादी चिन्तनले भरिएको त्यसमा पनि उसको नकारात्मक नजर नेपालमाथि बढी छ । हुन त अहिले आएर धोके बाज नेतृत्वको कारण जनयुद्धको के काम थियो ? त्यत्रो मान्छे मराउनु अर्थ के थियो ? भन्ने असङ्ख्य प्रश्न ओइरिने वातावरण नेताकै कारण बन्यो । त्यसलार्ई पनि राम्रो सँग नियालेर हेर्दा ठिकै हो भन्ने पनि हुन सक्छ ? तर त्यसो होइन, किनभने नेपालमा सशस्त्र जनयुद्धको आवश्यकता थियो र नै भएको हो । नेपालबाट पनि सामन्तवादको अन्त्य, निरङकुश एकतन्त्रीय प्रत्यक्ष राजतन्त्रभित्र राणा शासनको अन्त्य गर्नका लागि आवश्यक थियो, तर ठिक अवस्थाबाट नेतृत्वले अगाडि नबढाउँदाको परिणाम असफल युद्ध बन्न पुग्यो । त्यतिबेला संसारका कुनै पनि देशलार्ई त्यती सारै टाउको दुखाइ भएन । धेरै देशहरूले आफ्नो देशको स्वतन्त्रता भने तर अमेरिकालाई धेरै ठुलो टाउको दुखाइ बन्न पुग्यो र कहीले आतङ्ककारी, कहीले हत्या हिंसावादीका बिल्ला भिराइरह्यो । जनयुद्ध दबाउनका लागि एनजीओ, आइएनजीओको रूपमा नेपालकै पार्टीका खोल ओढेर होस् वा कुनै बाहनामा छदमभेषी रूपमा अमेरिकालाई सहयोग पुग्ने गरि विभिन्न हर्कत नगरेका होइनन् । जस मध्यकी एउटा पात्र नेपालको ठुलो, पुरानो, उच्च ओहोदासँगका मान्छेसँग नाता गाथेर राजनीतिको कबरमा एनजीओ आइएनजीओ सन्चालनमा प्रत्यक्ष सहभागी हँुदै आयकी एउटी योजनाकार हुन आर्जु राणा । जसको नाम नक्कली भुटानी सरणार्थीको नाममा प्रशस्त जोडिएर आयो । तर पुलीस प्रशासनले गिरफ्तार गर्नमा सायद प्रमाण नपुगेरै त होला ? भन्ने बाहेक हामीसँग अरू के हुन सक्छ र ? किनभने खाणले एउटा कागज पुलीसबाटै खोसेर चपाइदिए । त्यसमा के थियो ? कसले भन्ने ? जसलाई थाहा थियो उसैले चपाएपछि पुलिसले के गर्ने ? त्यस्तै अहिले नेपालमा प्रायः नेतागणमा यही अवस्था छ । हालको उठान प्रकरणमा धेरै सशङ्कित छन् । तर प्रशासनले बाटो खोज्दै छ वा प्रकृया अगाडि बढाउँदै छ होला ?
नेपालमा एउटा समयको मोड आयो त्यही मौका छोपेर अमेरिकाले एउटा गोटी चाल्यो । नेपालको अप्ठेरोमा सहयोग गरे जस्तो पनि हुने उसका भित्री तानाबाना पनि बुन्न सहज हुने गरी नेपालमा रहेका भुटानी सरणार्थीलाई अमेरिकाले आफ्नो देशमा लैजान तयार भन्दियो पनि र लग्यो पनि । त्यही समयमा एउटा कार्ड फालियो शरणार्थी केही बाँकी छन् उनलाई पनि प्रकृयामा लगिन्छ भनियो । जुन केही सङ्ख्या बाँकी छन् भनियो त्यही कार्डभित्रबाट खेल शुरु हुन थाल्यो । यसको सुरुवात काग्रेस, एमालेका समयबाटै तानाबाना बुनिएका हुन् । किनभने एकपटक एमाले माओवादीको नाटक मन्चन हुँदाको समय पछाडि पुनः आफ्ना आफ्ना अंशबण्डा हुँदा वादल, टोपबहादुरहरू लगायतका के पीमै बस्नुको पछाडि त्यो बसाइ नै रहस्यमय रहेछ भन्ने प्रमाणित भयो, तर सानो चर्चा त्यतिबेलै क्रान्तिकारीहरूको बहसको बिषय बनिसकेको थियो । यहाँहरू त्यहाँ किन ? भन्दा त्यहाँ वैधानिक रूपमै गृह मन्त्रालयको सबै प्रकृया मिलाएर कामधन्दा अगाडि बढाउने हर्कतहरूको स्पेशल टिम निमार्ण भैसकेको रहेछ । कती ठुलो सेटिङ गृह सचिव, गृहमन्त्रीका सपरिवार, ठुला पार्टीका ठुला ठुला पद धारण गरेका राष्ट्रघातीहरूले ठगिका धन्दा शुरु गरे । रूपैयाँ बोक्ने समेतको गाडी गृहकै बन्ने चलखेल गृहभित्रैबाट हुने वास्तवमै भन्नु पर्दा दरबार हत्या काण्ड भन्दा कम छैन यो प्रकरण ।
अर्को कुरा के अमेरिकालाई थाहा होला कि भएन होला यो प्रकरण ? अर्कोतिर किन लग्यो त अमेरिकाले भुटानी सरणार्थी ?
अमेरिका संसारकै एउटा त्यस्तो देश हो । जहाँ आफ्नो देशको, आफ्नै दक्ष नागरिकबाट सन्चालित छैन । बाहिरबाटै बिभिन्न बाहनामा, बिभिन्न प्रयोजनमा गएका, जाँदा पनि आफ्नो दक्षताको प्रतिस्पर्धा गरेर गएका नागरिक धेरै छन् । तिनीहरूको आधारमा देश सन्चालित छ । प्रायः काममा तिनै बाहिरबाट गएकाहरूबाट कलकारखाना, उद्योगधन्दा, ब्यापार बिजनेस, कृषी, तिनीहरूबाटै सन्चालित छन् । त्यसकारण रोजगारका सम्भाबना प्रशस्तै तर आफ्नो देशको सक्षम जनशक्ति, नागरिक नभएको देश अमेरिका हो । त्यो कारणले भुटानी शरणार्थी अमेरिका भित्र्याइयो । अर्को कारण अमेरिका साम्राज्यवादी देश पनि हो, उसको घेराबन्दी पनि चौतर्फी छ । कुनै दिन कही कतैबाट हमला भैहाल्यो भने देशको रक्षा गर्ने पनि तिनै बैधानिक÷अबैधानिकहरू हुन् । तर अमेरिकामा प्रबेश गरेका कुनै पनि अबैधानिक हुँदैनन् कुनै न कुनै प्रकरणबाट आफ्नो देशको नागरिकता त्याग्ने अवस्था सिर्जना गराएर भएपनि ग्रिनकार्डको नामबाट आफ्नो नागरिक बनाएको हुन्छ । त्यहाँ एउटा कोर्ष पुरा गर्ने भन्छ त्यो भनेको पुर्णतया आफ्नो देशको भक्त बनाउने प्रकृया हो । अर्को कुरा अमेरिकाले नेपालप्रति सफा दृष्टिकोण राख्नै सक्तैन । जसरी पनि आफ्नो जालभित्र घेराबन्दीमा राख्ने प्रपन्च गरेको हुन्छ । भोली कथमकाल नेपाली उसको नजरमा परेका आतकंकारी माथि हमला गराउनु प¥यो भने आफ्नाले आफ्नैमाथि हमला गरोस्, आफु भित्रै भिडन्त होस् आफु रमिते बन्न पाइयोस् । अर्को कुरा बर्तमान नक्कली भुटानी सरणार्थीको बारेमा यो प्रकरणको सन्चालक स्वयम् अमेरिका हो । किनकि अमेरिकामा उसको अनुमती बिना कोही कहीबाट छिर्न सक्ने कुनै सम्भाबना नै छैन । नेपालबाट मेक्सीकोसम्म बैधानिक तरिकाले दलालले पुराउँछन् त्यसपछि पर्खाल नाघ्न लगाएर अमेरिक छिराइन्छ । त्यसरीमात्र नेपाली बेवारिसे, अबैधानिक बनेका हुन्छन् । त्यतीबेला कहाँ बाट ? कसरी ? किन ? का प्रश्न हुन्छन् कि सिधै २÷४ दिन जेलमा राखे जस्तो गरी सम्बन्धित ठाउँहरूमा पठाउँछ ? वास्तवीक्ता त्यहाँनेर छ । हामीले बुभ्mन चाहे बुभ्mने पनि त्यही हो । नेपालीहरू त्यसरी भित्रेकाहरू उनीहरूकै सेटीङबाट नै गएका हुन्छन् । त्यसकारण हाल नेपालमा देखिएका भ्रष्ट अपराधी मान्छे बेच्ने दलालहरू टोपबहादुर, खाणलगायतका १८ जना जो देखिन्छन् यिनी सबै अमेरीकी दलाल हुन् । आर्जु भनेको यिनीहरू सबैभन्दा पुरानो, शक्तिशाली र एनजीओ, आइएन्जीओको बैधानिक दलाल हो । यस्ता प्रकरणमा यदी राज्यले खुट्टा नकमाइ प्रकृया अगाडि बढायो भने तथ्य सत्यमा पुग्न सकियला तर यस्ता प्रकरण यो दलाल ससंदीय, भ्रष्ट, पुँजीवाद, सामन्तवादी ब्यवस्था रहेसम्म यसको अन्त्य हँुदैन । यसको अन्त्य त्यतिबेला मात्र हुनेछ जतिबेला नेपालमा सर्बहारा बर्गको हातमा जनवादी क्रान्ति सम्पन्न गर्दै बैज्ञानिक समाजवादी सत्ता आउनेछ । अन्यथा यस्ता प्रकरण घट्ने होइन मौलाउँदै जानेछन् । तर एउटा कुरा अमेरिकामा पनि आर्थिक मन्दीले हतास बनाउँदै छ । त्यतिबेला के हुन्छ ? यसरी जाने लैजाने नेपालीको भबिश्य के हुने ? भबिश्यले बताउने छ ।































