खुनी पञ्जा

खुनी पञ्जा

साताकाे साहित्य : गीत

हाम्रो धर्तीमा खुनी पञ्जा घोप्न नखोज
यो छातीमा भाला सङ्गिन रोप्न नखोज
सहिदको बाटो हिड्ने कसम खाएर
रक्तरन्जित यो माटाको टीका लाएर
रोकिदैनौ अब हामी क्रान्ति रोकिन्न
बलिदानको इतिहास छेक्दा छेकिन्न
यो छातीमा
हाम्रो धर्तीमा
यो छातीमा … ।

विभेदकारी कानुनले हाम्लाई बाँधेको
अत्याचारको शासन सत्ता तिम्ले लादेको
हिसाब लिन्छौं मैदानबाटै रोक्न नखोज
मालिकको नुन खाएर टोक्न नखोज
यो छातीमा
हाम्रो धर्तीमा
यो छातीमा … ।

यो राष्ट्रलाई मुक्त पार्ने हाम्रो अभियान
ज्यानै जाओस् झुक्ने छैन हाम्रो स्वाभिमान
न्यायपुर्ण हाम्रो आवाज रोक्दा रोकिन्न
जनआक्रोस बुख्याचाले छेक्दा छेकिन्न
यो छातीमा
हाम्रो धर्तीमा
यो छातीमा … ।
चितवन