मान्छेको चरित्र

मान्छेको चरित्र

साताको कविता 

भोकोको गीतमा
पीडा हुन्छ, विद्रोह हुन्छ
पीडितको कवितामा
आक्रोश हुन्छ, हुङ्कार हुन्छ
शान्तिको सन्देश त
सम्पन्नको कवितामा हुन्छ
रोमान्सको कुरा त
अघाएकाहरुको गीतमा हुन्छ
मान्छे
आफ्नै धरातलको कविता लेख्छ
आफ्नै चरित्रको गीत गाउँछ ।