प्रेम प्रसाद कडेल/ चितवन
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भरतपुर महानगर वडा नं १८ का सदस्य फुलबहादुर तामाङको जीवन संगिनी मिन कुमारी तामाङको ४९ बर्षको उमेरमा भएको दुःखद् निधनमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको आयोजनामा एक श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
जिल्ला सदस्य रामचन्द्र वि.क.को सञ्चालनमा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य घननाथ सापकोटा विकासले शोकलाई शक्तिमा बदल्न आवश्यक रहेको बताउँदै सम्पूर्ण परिवार, छरछिमेक आफन्तजनमा पर्न गएको शोकमा गहिरो समवेदना व्यक्त गर्दै समवेदना पत्र पढेर पार्टीका सदस्य फुल बहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरु बाबुराम प्यासी, गोपाल भट्टराई, शुसिला वि.क. , खड्ग बहादुर कुँवर लगायत परिवार तथा आफन्तहरुको उपस्थिति रहेको थियो । दिवङ्गत मिन कुमारी तामाङ र फुलबहादुर तामाङका दुई छोरा र एक छोरी रहेका छन्।
जटिल रोग क्यान्सरको उपचारको क्रममा उहाँको अल्पायुमा नै निधन भएको थियो ।