क्रान्तिकारी ट्रृेड युनियन महासंघ प्रदेश नम्बर १ ले मनायो १३४औ मजदुर दिवश

क्रान्तिकारी ट्रृेड युनियन महासंघ प्रदेश नम्बर १ ले मनायो १३४औ मजदुर दिवश

१८ बैशाख दुहबी बिराटनगर ।
अखिल नेपाल क्रान्तिकारी ट्रृेड युनियन महासंघ प्रदेश नम्बर १ ले १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवश मनाएको छ ।
सुनसरी जिल्लाको औद्योगिक क्षेत्र दुहबीमा ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ ले मजदुरसँग शुभकामना आदनप्रदान गरेर दिवश मनाएको हो ।


मजदुर दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर हर्र्षोउल्लास पुर्वक श्रमिकका समस्या तथा हक हितका विषयमा कुरा उठाउने गरिएको छ ।
सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा ‘आठ घण्टा काम,आठ घण्टा आराम र आठ अण्टा मनोरञ्जन’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा नेपाल सहित विश्वका करिब १ सयवटा देशले मजदुर दिवश मनाउने गरेका छन् ।
सन् १८८६ मा सुरु भएको आन्दोलनमा सिकागोको हेय मार्केटमा बम विस्फोट भएपछि मजदुर माथि दमन गरियो । कसले बम विस्फोट गराएको हो भन्ने पत्ता नलागेपनि मजदुरहरु माथि प्रहरीले चर्को दमन ग¥यो । त्यस समयमा प्रहरीको गोली लागेर ७ मजदुरको मृत्यु समेत भयो ।


त्यसपछि सन् १८८९ मा फ्रान्सको पेरिसमा गरिएको विश्वका श्रमि संगठन तथा श्रमिक नेताहरुको बैठकले विश्वभरी श्रमिक दिवस मनाउने निर्णय गरे । त्यसपछि सन १९९० देखि हरेक वर्ष मे १ तारिखका दिन मजदुर दिवस मनाउने गरिएको छ ।
नेपालका क्रान्तिकारी ट्रृेड युनियानले यो दिवस भव्यरुपमा मनाउछन् । नेपालमा विस २००७ साल देखि विराटनगरको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
सोहि अनुसार क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रृेड युनियन महासंघले पनि मजदुर दिवस मनाएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालका प्रदेश सदस्यहरु रंगी मगर,अप्सरा बानियाँ,गणेश निरौला, देव मुण्डा र मजदुर नेता बद्री पाश्वान लगायतले शुभकामना मन्तव्य राख्दै मजदुरको अधिकारका लागि पार्टीले जस्तोसुकै कदम उठाएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता अखिल नेपाल क्रान्तिकारी टे«ड युनियान महासंघका प्रदेश अध्यक्ष विष्णु चौधरीले गर्नु भएको थियो । कार्यक्रमको संचालन टे«ड युनियानका सचिव रत्न पराजुलीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य बरुण चौधरीले राख्नु भएको थियो ।
आज नै मजदुर दिवसको अवसर पारेर अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरी जिल्लाले पनि धरान उपमहानगरपालिकामा मजदुर दिवस मनाएको छ ।