काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता भई बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले छरिएर रहेका क्रान्तिकारीहरुलाई ध्रुवीकृत र एकीकृत हुन हार्दिक आव्हान गरेको छ । नवगठित पार्टीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकता घोषणा वक्तव्य जारी गर्दै विभिन्न संसदीय संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका स–साना समूहहरु र व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा ध्रुवीकृत र एकीकृत हुन आह्वान गर्नुभएको हो ।
पार्टी एकता घोषणा वक्तव्यमा भनिएको छ, “देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेका छन् । एमसिसी र एसपिपि जस्ता सम्झौताहरुमा पुगेर राष्ट्रियताको समस्या भयानक बनेको छ । झुठा मुद्दामा राजनैतिक नेता तथा कार्यकर्ताहरुलाई फसाएर तथा बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पु¥याइएको छ । बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र कथित सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेको छ । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको अन्तिम समाधानका लागि जनसंघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
पार्टी एकता घोषणा वक्तव्य
“आज हामी मजदुरहरुको महान् ऐतिहासिक पर्व मे दिवसमा खुसीको विषय लिएर उपस्थित भएका छौँ । त्यो खुसीको विषय भनेको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीच वार्ता, पार्टी एकता संयोजन समितिका बैठक तथा बहस र रुपान्तरणको परिणामका रुपमा एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको गठन हुनु हो । नेपालमा यो १३४ औँ मे दिवसले यसमा सार्थकता हासिल गरेको छ । आखिर श्रमजीवी तथा उत्पीडितवर्गको अग्रदस्ताका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादको सर्वाेच्च चेतनाद्वारा सुसज्जित मानिसहरुबाट बनेको साम्यवादी दलविना उनीहरुको मुक्ति असम्भव छ । यसको साथै त्यो अग्रचेतनाद्वारा आलोकित एकीकृत साम्यवादी दल नभइकन कुनै आन्दोलन वा क्रान्ति सम्पन्न हुन सक्दैन । नेपाली साम्यवादी आन्दोलनमा एकता–संघर्ष–रुपान्तरण कम भएको छ भने एकता–संघर्ष–फुटबाट यो बढी आक्रान्त भएको छ । हामी यो महान चाडको अवसरमा एकता–संघर्ष–रुपान्तरणको प्रक्रियालाई हावी बनाएर लैजाने प्रतिवद्धता जाहेर गर्दछौँ ।
हाम्रो यो एकता मालेमावादी सिद्धान्तमा आधारित रहेको छ । पार्टी एकता र पार्टी निर्माणका सन्दर्भमा हामीलाई लेनिनले निर्देशन गर्नुभएको छः “…यदि तपाईहरु एकता गर्न चाहनुहुन्छ भने आन्दोलनका व्यावहारिक उद्देश्यहरु पूरा गर्न सहमति गर्नुहोस्, तर सिद्धान्तको प्रश्नमाथि कहिल्यै पनि कुनै मोलतोल हुन नदिनुहोस्, सिद्धान्तको प्रश्नमाथि कुनै ‘छुट’ नदिनुहोस् । माक्र्सको विचार यही थियो ।”
हामीले लेनिनको यो संश्लेषणप्रति निष्ठावान रहँदै क्रान्ति पूरा गर्ने उद्देश्यमा पूर्ण रुपले सहमति गरेका छांै भने मार्गनिर्देशक सिद्धान्त मालेमावाद, क्रान्तिकारी कार्यदिशा — आम कार्यक्रम नयाँ जनवाद तथा आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारा अन्तर्राष्ट्रियतावाद, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त, विद्यमान बहुलवादी संसदीय व्यवस्थाको अन्त र संघीय जनगणतन्त्र नेपालको स्थापना, सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता सिद्धान्तहरुप्रति कुनै मोलतोल हुन नदिन र ‘छुट’ नदिन प्रतिबद्ध रहेका छांै । यी आधारभूत प्रश्नहरुमा रहेको एकताले नै यो पार्टी एकता सम्पन्न भएको घोषणा गर्दछौँ ।
हामीले मालेमावादको मौलिकतालाई दृढतापूर्वक रक्षा गर्दै देश, काल र परिस्थिति अनुरुप यसको विकास गर्नैपर्दछ । यस सन्दर्भमा लेनिनको यो संश्लेषणलाई पनि हामीले आत्मसात गर्नैपर्दछ ः “साच्चै भन्ने हो भने माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, न त परिपूर्ण, बनिबनाऊ र अनुलंघनीय सिद्धान्त नै, बरु यो एउटा कार्यमा जीवन्त पथप्रदर्शक हो जुन आश्चार्यजनक रुपमा सामाजिक जीवनका अवस्थाहरुमा आकस्मिक परिवर्तनको प्रतिबिम्बनसँग जोडिएको हुन्छ ।”
लेनिनको यो निष्कर्षबाट निर्देशित भएर हामी के घोषणा गर्न चाहन्छौं भने हामीले आजको परिस्थितिका अन्तर्विरोधहरुको समाधान गर्ने माक्र्सवादको पनि विकास गर्नैपर्दछ । आज विज्ञान र प्रविधिको विकासले गर्दा सामाजिक जीवनका अवस्थाहरुमा आकस्मिक परिवर्तनहरु आएका छन् । त्यसलाई प्रतिबिम्बित गरेर मात्र मालेमावादको विकास हुन सक्दछ । यस सन्दर्भमा सृजनशील माक्र्सवादका पक्षपोषक र मौलिक माक्र्सवादका रक्षक माओले संश्लेषण गर्नुभएको छ ः “हामीले कुनै नयाँ कुराको वकालत गर्न र कुनै भिन्न चीजलाई स्थापित गर्न साहस गर्नैपर्दछ । कुनै नयाँ कुराको वकालत गर्ने र कुनै भिन्न चीजलाई स्थापित गर्ने प्रश्न पनि दुई प्रकारको हुन्छ ः लाल झण्डा फहराउनु राम्रो कुरा हो भने श्वेत झण्डा फहराउनु नराम्रो कुरा हो ।”
नयाँ कुराको वकालत र भिन्न चीजको स्थापना गरेर नै माओले रुसभन्दा भिन्न देश र कालको परिस्थिति हुँदाहुँदै पनि चीनमा क्रान्ति सम्पन्न गर्नुभयो ।
नेपालको परिस्थिति अनुरुप मालेमावादलाई लागू गर्न र यो विशिष्ट परिस्थितिबाट यसको विकास गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल यसको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ । अर्थ–सामाजिक हिसाबले अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती र मुख्यतः नव–औपनिवेशिक, वर्गविश्लेषणका हिसाबले बचेखुचेको सामान्तवाद, नोकरशाही पूजीवाद, दलाल पूँजीवाद मुख्यतः दलाल पूँजीवाद दुश्मन शक्ति र मजदूर, किसान, सिपाही, सुकुम्वासी, राष्ट्रिय पुँजीपति लगायतको मित्रशक्ति रहेको अवस्थामा दलाल तथा नोकशाही पुुँजीवादी राज्यसत्ता र समग्र नेपाली उत्पीडित जनताका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध रहेको छ । यसको समाधान नयाँ जनवादी क्रान्ति गर्दै पुगिने वैज्ञानिक समाजवादी व्यवस्था हो भन्ने कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ ।
देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेका छन् । एमसिसी र एसपिपि जस्ता सम्झौताहरुमा पुगेर राष्ट्रियताको समस्या भयानक बनेको छ । झुठा मुद्दामा राजनैतिक नेता तथा कार्यकर्ताहरुलाई फसाएर तथा बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पु¥याइएको छ । बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र कथित सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेको छ । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको अन्तिम समाधानका लागि जनसंघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।
यस अवसरमा विभिन्न संसदीय संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका स–साना समूहहरु र व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा धु्रवीकृत र एकीकृत हुन आह्वान गर्दछौँ । तपाई हाम्रो यो एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम बन्ने छ र क्रान्ति सम्पन्न हुनेछ ।”