
सन् १८८६ मे १ तारिखबाट अमेरिकाको शिकागो शहरका मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जनको माग पूरा गराउन गरिएको आन्दोलन सर्वहारावर्गीय मजदुर इतिहासमा सुनौला अक्षरले लेखिएको इतिहास हो । विश्वभरिका सचेत मजदूरहरु, क्रान्तिकारी मजदुर संगठनहरु र सर्वहारावर्गको आन्दोलनको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीहरुले हरेक वर्षको मे १ तारिखको दिन संघर्षको स्मरण गर्दछन् । प्रसितबद्धता जाहेर गर्छन् र आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव महसुस गर्छन् र खुशीयाली पनि मनाउँछन् । आज आन्दोलनको सुरुवात भएको १३७ औं वर्ष र त्यसलाई विश्वव्यापीकरण गरेर मनाउने भनेर निर्णय भएको १३४ औं वर्ष भएको छ ।
मे १ को आन्दोलनको त्यो उचाई पकडन उत्पीडनमा परेका श्रमिक वर्गको आन्दोलनको लामो पृष्ठभूमि छ । वर्ग संघर्षका विभिन्न अनुभवहरु पनि छन् । दासयुग, सामन्तवादी युग र पुँजीवादी युगका महान योद्धाहरुले खेलेको लामो श्रृङ्खलाबद्ध संघर्षको राम्रा नराम्रा अनुभवहरु छन् । त्याग, वीरता र बलिदानका कीर्तिमानहरु छन् । यो सानो टिपोटमा यसरी राख्न सकिन्छ ।
१– मानव समाजको इतिहास समाजमा वर्ग विभाजित भएदेखि नै वर्ग संघर्ष चल्दै आएको विषयप्रति भौतिकवादीहरू सहमत नै छन् । किन कि यसमा तथ्य छ । त्यसैले मो सल्य हो । मात्र परक के मा छ भने तत्कालीन सामाजिक परिवेश, वर्गीय उत्पीडनहरु, दमन गर्ने तरिकाहरु, वर्ग संघर्षका स्वरूपहरु फरक–फरक थिए । वर्ग संघर्षहरू पनि कतिपय अवस्थामा निशस्त्र र कतिपय अवस्थामा सशस्त्र तबरबाट चल्दै आएको विषय पनि तथ्ययहरूले पुष्टी गर्दै आएका छन् ।

२. दासकालीन युगमा दासहरूले चलालाएको वर्ग संघर्ष पनि कम पचिलो थिएन । खासगरी दासहरुका नेता स्पार्टाकसको नेतृत्वमा दासहरूले आफ्नो वर्गको वर्गीय मुक्तिका खातिर चलाएको सशस्त्र संघर्ष वास्तवमा दास मालिकहरुको शोषण उत्पीडनका विरुद्ध मात्र नभएर दास मालिकहरुको सत्ताका विरुद्ध उठाइएको हतियार थियो । राज्यको दमनले स्पार्टाकस जस्ता वीर, सहासी र लडाकु कमान्डर लगायत कैयौं दासहरुको हत्या गरे । र, आन्दोलन कमजोर बनाउने प्रयास भएको भएतापनि स्वयम् दास मालिकहरुको सत्ता अथवा दासकालीन युगको समाप्ती भएरै छाड्यो । वर्ग संघर्षको परिणाम स्वरूप त्यो सम्भव भएको थियो ।
३. दास मालिकहरुको मत्ता त ढल्यो तर त्यो सत्ता उत्पीडनमा परेका वा पारिएकाहरुको हातमा आउनुको सट्टा सामन्तहरुको हातमा पुग्यो । शासकहरू बदलिए । शोषणका रुपहरू बदलिए । दमनका तारिकाहरू बदिलिए । तर वर्गीय सत्ता बदलिएन । जसले गर्दा वर्ग संघर्ष नयाँ ढंगले जारी नै रह्यो । सामन्तहरू, सामन्तवादी एकातिर र गरिब किसानहरू भएर वर्गसंघर्ष चल्दै जाँदा आन्दोलन सामन्तवादी सत्ताले खडा गरेका शोषणका पर्खालहरु भत्काउँदै सामन्तवादी सत्तालाई धुलोपिठो पार्ने काम किसानहरुले त गरे तर पनि सत्ता किसानहरुको हातमा आउन सकेन । सामन्तहरुले आफ्ना रुपहरु बदले । शोषणका तरिक बदले । अन्ततः विश्वभर पुँजीवादी व्यवस्थाको उदय भयो ।
४. एकातिर पुँजीपति वर्ग र पुँजीवादी सत्ता खडा भयो भने अर्कोतिर सर्वहारा मजदुर वर्ग जन्मियो । सर्वहारावर्गले आफूमाथि भएको श्रम शोषण, दमनका विरुद्ध वर्ग संघर्षका विविध रुपहरु अवलम्बन गरे । खासगरी मेसिनफोर आन्दोलन तथा चार्टटिस्ट आन्दोलनहरु सर्वहारा मजदुर आन्दोलनका विश्व चर्चित र स्थानीय आन्दोलनहरु हुन् । यिनै आन्दोलका कारण विश्वामा थुप्रै दार्शनिकहरु पनि जन्मिए र वर्ग संघर्षको समाधानका उपाय स्वरुप धारणाहरु पनि सार्वजनिक गरे तर तीन धारणाहरु या त सामान्य सुधारसँग सम्बन्धित थिए या त आदर्शमा आधारित थिए । यही बीचमा माक्र्स तथा एङ्गेल्सले गर्नुभएको अध्ययन अनुसन्धानको निचोडका रुपमा सन् १८४८ मा सार्वजनिक गर्नुभएको कम्युनिस्ट घोषणा पत्र वास्तवमा आजसम्मको उत्कृष्ट विचार सर्वहारा मजदुर वर्गले प्राप्त ग¥यो ।
५. माक्र्सवादको वैचारिक हतियारको बलमा विश्वभरिका सच्चा सर्वहारा वर्गका प्रतिनिधिहरुले आफ्नो हमला बोले र त्यसको केन्द्रीय अभिव्यक्ति फ्रान्सको पेरिसका मजदुरहरुले देखाए । सन् १८७१ मा फ्रान्सको पेरिस सहरका मजदुरहरुले माक्र्सवादको वैचारिक जगमा उभिएर विद्रोह गरे । अन्ततः पुँजीवादी सत्तालाई परास्त गरे । विश्वमा पहिलो पटक सर्वहारा वर्गले सत्ता आफ्नो हातमा लिए । कम्यूनको स्थापना गरे । उत्कृष्ट तबरबाट सत्ता चलाउने नमूना खडा गरेका थिए । तर पुँजीवादीहरुको ठूलो घेराबन्दी, आक्रमणका कारण शिशु अवस्थामा रहेको सर्वहारा वर्गको सच्चा पेरिस कम्युनले ७२ दिनपछि हार व्यहोर्न बाध्य हुनुप¥यो तर पनि सर्वहारा मजदुर वर्गको लडाइँ रोकिएन । हार र जितको बीचबाट झनै विस्तारित हुँदै अगाडि बढ्यो ।
६. माक्र्सवादको व्यापकता, पहिलो अन्तर्राष्ट्रियको विश्वव्यापी विस्तार हुँदै गर्दा अमेरिकाको शिकागो शहरका मजदुर नेताहरु मुख्यत पहिलो अन्तर्राष्ट्रियसँग सम्बन्धित व्यक्तिको आन्तरिक पहलमा आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जनको मागलाई लिएर सन् १८८६ मे १ तारिखबाट विशाल प्रदर्शन गर्ने निर्णय गरियो । यही नै विश्वव्यापी रुपमा मजदुर आन्दोलनलाई प्रभाव पार्ने निर्णय थियो ।
७. सन १८८६ मे १ तारिखका दिन शिकागो शहरका मजदुरहरुले काम बन्द गरेर प्रदर्शनमा भाग लिए । यद्यपि अमेरीकी पुँजीवादीहरु, पुँजीवादी सरकारले आन्दोलनलाई दवाउन आफ्ना समाचारहरु मार्फत् यो आन्दोलन कम्युनिस्टहरुको हो । आतंककारीहरुको हो । त्यसैले राज्यले आन्दोलनमा लाग्नेहरुलाई गोली र आन्दोलनको नेतृत्व गर्ने मजदुर नेताहरुलाई डोरीमा झुण््ड्याउनु प्रचार गरिरहेका थिए । मजदुरहरुले पुँजीपति वर्ग र पुँजीवादी शासकहरुको दमन, आतंक र भ्रममा नपरी आन्दोलनलाई अठोटका साथ अगाडि बढाएका थिए । आन्दोलन शिकागो शहर मात्र होइन देशव्यापी बन्यो । आम समर्थनका हिसाबले आन्दोलन विश्वव्यापी बन्दै गयो । अमेरिकी सरकारले आफ्ना जासुसहरु परिचालन गरेर दमन गर्ने बहाना खोज्दै थियो । मे २ तारिख, ३ तारिखसम्म पुग्दा अत्यन्तै उत्कर्षमा पुगेको आन्दोलनलाई ४ तारिखका दिन हे मार्केटमा सभा गर्दैगर्दा स्वयम् राज्यका जासुसहरुले बम फ्याँके । उक्त विष्फोटमा परेर केही प्रहरी र मजदुरहरुको मृत्यु भयो । त्यसैलाई बहाना बनाएर मजदुर नेताहलाई गिरफ्तार ग¥यो । ४ जनालाई फाँसी दिइयो । केहीलाई आजीवन जेलमा राख्यो ।
८. दमनले आन्दोलन तत्कालका लागि कमजोर भएता पनि आन्दोलन रोकिएन । अन्ततः अमेरिकी सरकार ८ घण्टा कामको दिन लागू गर्न बाध्य भयो । सर्वहारा मजदुरहरुको त्याग, वीरता र बलिदानका कारण ८ घण्टा कार्यदिन प्राप्त गर्न सफल भएका थिए । यो विश्व इतिहासमा सर्वहारा मजदुरवर्गले सफलता प्राप्त गरेको दिन थियो ।
९. सन् १८८९ मा स्वयम् सर्वहारावर्गका नेता एङ्गेल्सको उपस्थितिमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा एङ्गेल्सको प्रस्तावमा मे १ को आन्दोलन विश्वव्यापीकरण गर्ने निर्णयसँगै मे १ तारिखका दिन सम्बोधन गरेपछि विश्वभरिका मजदुरहरुले आन्दोलनको रुपमा मनाउँदै आएको आज १३४ बर्ष भएको छ ।
१०. हाम्रो संगठनले नेपालमा कहिले भूमिगत रुपमा त कहिले खुल्ला रुपमा मे १ का दिन अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवस हरेक बर्ष मनाउँदै आएको छ । अमेरिकी मजदुरहरुको त्याग, वीरता र बलिदानबाट प्राप्त अधिकारको स्मरण गर्दै त्यसको सारतत्व ग्रहण गर्ने प्रतिबद्धता जाहेर गर्दै आएको छ । यस वर्ष पनि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आयोजनामा देशका विभिन्न जिल्लामा कार्यक्रमका आयोजना गरिएका छन् । केन्द्र भागमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवससँगै क्रान्तिकारी पार्टीहरुको एकताको घोषणासहित नयाँ उपलब्धिका रुपमा उत्साह भर्दै समापन हुनेछ । १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवस–जिन्दावाद !
(लेखक अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष हुनुहुन्छ ।)