
काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसमा शुभकामना सन्देश सम्प्रेषण गरेको छ । महासंघका अध्यक्ष दिनेश शर्माले एक शुभकामना सन्देश जारी गर्दै विश्व मजदुर आन्दोलनमा बलिदान गर्नुहुने महान सहिदहरुप्रति श्रद्धाञ्जली समेत अर्पण गर्नुभएको छ ।

जारी शुभकामना सन्देशमा भनिएको छ, “१ मई, २०२३ को ऐतिहासिक उपलक्ष्यमा नेपाल एवं विश्वभरका मजदुर तथा उत्पीडित समुदायमा विशेषतस् अटुट एकता, पुँजीवादी शोषण उत्पीडनबाट मुक्ति र जनवादी(समाजवादी समाज स्थापनाको निम्ति शुभकामना सम्प्रेषण गर्दछौं । यस ऐतिहासिक दिनमा हाम्रो संगठन मेसिन फोड आन्दोलन, लियोन विद्रोह (फ्रान्स, चार्टिस्ट आन्दोलन (बेलायत, जुलाह विद्रोह (जर्मन हुँदै १८८६ को सिकागो विद्रोहको पथ, गौरव र आलोकले आलोकित निर्देशित हुँदै यस प्रक्रियामा वलिदान सम्पूर्ण महान योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
आज नेपाल र नेपालका मजदुर तथा उत्पीडित समुदायहरु नोकरशाही तथा दलाल पुँजिवाद, सामन्तवाद र साम्राज्यवादको सिक्रीले बाँधिएका छन । संसदवाद, साम्राज्यवाद र पुँजिवादी नव(उदारवादले खडा गरेका दलाल ट्रेड युनियनहरु विशुद्ध अर्थवाद, ट्रेड युनियनवाद र राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवादमा पतन भएका छन ।त्यससँगै कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा विरुद्ध मुख्यतः नव संशोधनवादी प्रहार केन्द्रित भएको छ । यि चुनौती मालेमावादले विकास गरेको राजनीतिक वैचारिक र भौतिक संघर्षको विधिद्वारा परास्त गर्दै नेपालमा नयाँ जनवाद र वैज्ञानिक समाजवादको स्थापना गर्नु आजको मजदुर आन्दोलनको ऐतिहासिक कार्यभार बन्न पुगेको छ ।
यससँगै मजदुरहरुका पेशागत तथा कानुनी अधिकारको संघर्ष, रोजगारी सुनिश्चितताको संघर्ष, मजदुरहरुको दुर्घटना कोष र उपचार कोष स्थापनाको संघर्ष, पेशागत ज्ञान सिप अभिवृद्धिका निम्ति संघर्ष, मजदुरहरुको स्वामित्वमा मजदुर सहकारी स्थापनाको संघर्ष, वैदेशिक रोजगारीको नाममा राज्य(सरकारको षडयन्त्र (निर्देशनमा भैरहेको युवा ज्ञान, सिप र श्रम शक्तिको पलायन र निर्यात नीति अविलम्ब रोक्नका निम्ति संघर्ष, महङ्गि र मूल्यवृद्धि विरुद्धको संघर्ष आदि तात्कालिक कार्यभारहरु हुन । मजदुर आन्दोलनका ऐतिहासिक र तात्कालिक कार्यभार पुरा गर्ने क्रान्ति अघि बढाउन हामी दृढ प्रतिबद्ध छौं । तर यो मजदुर एवं उत्पीडित जनसमुदायको ऐतिहासिक एकता र विद्रोहबाट मात्रै सम्भव हुन सक्छ । त्यस प्रक्रियामा अघि बढ्न हाम्रो संगठन सम्पूर्ण मजदुर एवं उत्पीडित जनसमुदायमा हार्दिक आव्हान गर्दछ । अन्त्यमा, पुनः १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसको शुभकामना ! क्रान्तिकारी लालसलाम !’