गाैरी शंकरकै समुच्च गिरिमा झुप्राे छ मेराे घर
तिम्राे बाह्रबिसे तला सहरकाे भन्दा छअग्लाे तर
बल्छन् बत्ति धपक्क साँझपखमा नाैलाखमा भर्भर
झर्छन् अमृत एकनास झरना संजीवनी झर्झर ।।
धर्तीकै गहना छ रंग यसमा गेरू लिपेकाे घर
झुप्रै हाेस् तर जून झैं सगरमा झल्किन्छ याे झल्मल
मान्छे दिव्य र देवतासरि झनै सत्यात्मका सम्थर
बस्छन् ह्यूचुलिका उचा शिखरमा काम्दैन क्वै थर्थर ।।
जन्में व्याैमनिरै म वादल बनी हुर्कें तुषाराेसितै
अाँधीमा म उडे बुडें तुहिनमा लाएर नाैला प्रीतै
मेराे जून नजीक घुम्दछ सधैं मेरै छिमेकी बनी
मेराे घाम मलाइ चुम्दछ सधैं मेरै गुरुबा बनी ।।
मेराे गाउँ छ एक राज्य जसमा चल्छन् सधैं प्रीतिमा
मान्छे हिंड्दछ प्रेमवाद पथमा ज्यूछन् सदा कीर्तिमा
गर्छन् काम मिलेर मानिस यहाँ भर्छन् नयाँ सिर्जना
लाग्दा भाेक र प्यास अाँत सुकदा मेट्छन् मिली तिर्सना ।।
मान्छेकै भरमा छ मानिस यहाँ ढुङ्गा र माटाे भर
मान्छेदेखि मलाइ ता नि कहिल्यै लाग्दैन साथी डर
पारूँ छाति फराकिलाे गगन झैं अट्लान् मनुष्य जहाँ
पैला छाति बनाउँ भाइ बहिनी ज्यूँला रमाई त्यहाँ ।।
ज्याग्दीखाेला स्याङ्जा