अनेमसंघ (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन स्थगित

अनेमसंघ (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन स्थगित

 

काठमाडौं । अनेमसंघ (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन स्थगित भएको छ । संगठनकी संयोजक अम्विका मुडभरी र सचिव शारदा महतले जारी गरेको प्रेस नोटमा बैशाख १६ र १७ गते तय गरिएको रास्ट्रिय सम्मेलन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का बिच यहि बैशाख १८ गते पार्टी एकता हुने भएकोले सम्मेलन स्थगित गरेको उल्लेख गरिएको छ ।

प्रेस नोटमा दुवै पार्टीका महिला संगठनका बिच छिटै एकता सम्मेलन गरिने समेत जानकारी गराइएको छ ।
२०८० बैशाख १५ मा जारी प्रेस नोटमा भनिएको छ, “हाम्रो संगठनको यहि बैशाख १६ र १७ गते तय गरिएको रास्ट्रिय सम्मेलन हाम्रो मुल पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का बिच यहि बैशाख १८ गते पार्टी एकता हँुदै गरेकोले तत्कालका लागि सम्मेलन स्थगित गरिएको जानकारी गराउँदछौ । दुवै पार्टीका महिला संगठनका बिच छिटै एकता सम्मेलन गरिने समेत जानकारी गराउँदछौ ।”