दुई पार्टीबीच क्रान्तिकारी ध्रुविकरण कार्यक्रम सम्पन्न

दुई पार्टीबीच क्रान्तिकारी ध्रुविकरण कार्यक्रम सम्पन्न

१४ बैशाख कुपन्डोल ललितपुर ।
नेकपा(क्रान्तिकारी माओवादी) र क्रान्तिकारी कम्युनिस्ट लिग नेपालका बीचमा क्रान्तिकारी ध्रुविकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
नेकपा(क्रान्तिकारी माओवादी)को ३ नं. प्रदेश कार्यालय कुपन्डोलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय प्रवक्ता प्रतिकको अध्यक्षतामा र सोही पार्टीका केन्द्रीय कार्यालय सचिव बसन्तको आतिथ्यता सम्पन्न भएको थियो ।
उक्त क्रान्तिकारी ध्रुविकरण कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट लिग नेपालका अध्यक्ष राजन तिमिल्सिना र पिविएम द्धय सीवी लामा र नामगेल मोक्तानको उपस्थिति थियो ।
कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी) र क्रान्तिकारी कम्युनिस्ट लिग नेपालका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।