

ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी) केन्द्रिय समितिले अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष कमरेड किरण अधिकारी थारुको असामयिक निधन भएको हुदा स्मृतिको स्मारिका प्रकासनको अन्तिम तयारीमा रहेको छ । क. किरणको असामयिक निधनले विधार्थी आन्दोलनमा क्षति पुग्न गएको छ । मृत्यु साश्वत सत्य छ , हामीले स्विकारनै पर्दछ । हाम्रो संगठनका इमानदार, लगनशिल छबिका नेता तथा केन्द्रिय उपाध्यक्ष कमरेड किरण अधिकारी थारुको असामयिक निधनले हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) स्तब्ध अनि मर्माहित भएको छ । विधार्थी उर्जावान नेता कमरेड किरणको पार्टी÷ संगठन प्रतिको दृढ,इमानदारिता र विश्वासको लगाव अतुलनीय थियो ।

विभिन्न व्यक्तिकेन्द्रित अवसर, स्वार्थ, आस्वासनमा कहिल्यै नलाग्ने नेता हुनुहुन्थ्यो ।उहाँको भौतिक शरीर हाम्रो माझमा नभए पनि उहाँले लिनु भएको विचार ,आस्था भने हाम्रो बिच रहिरहने छ । आन्दोलन, संधर्ष र संगठन प्रतिको इमानदारीताको लगाव भएका उहाँबाट यहि गुण सम्पुर्ण नेता देखि कार्यकर्ताले आफ्नो जीवनमा अनुकरण गर्दै आफ्नो जीवनमा उत्रार्नु सक्नु पर्दछ । पछिलो अवस्थामा उहाको स्वास्थ विग्रिएको र परिवरको सदस्यहरुले उहालाइ बचाउन भुमिकौनिर्वाह गर्दा पनि प्रयासहरु निश्कृय बन्न पुगेछन , कमरेड किरण प्रतिकुल अवस्थासंग अन्तिम घडीसंग जुझ्दा–जुद्दै उहाँलाइ बचाउन सकिएन छ ! स्वच्छ, इमान्दार छबी भएका अखिल(क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्षको भुमिकामा निर्वाह गर्दै आउनु भएका कमरेड किरणको असमाहिक निधन प्रति संगठनका केन्द्रिय अध्यक्ष कमरेड हरिकृष्ण गजुरेलले श्रद्धाञ्जली वक्तव्य जारी गर्नुभएको थियो । संगठनले उहाँ जस्तो इमानदार,पार्टी संगठन प्रति जीम्वेवारी वहन गर्ने दृढ बफादारी विधार्थी नेता गुमाउदा ठूलो क्षति वेहर्नु परेको छ । उहाँको इमान्दारिता प्रति कसैलाइ पनि शंका थिएन । हक्कि स्वभावका कमरेड किरण आफ्ना स्वार्थ सिद्ध गर्नकै लागि संगठन विरोध क्रियाकलापमा कहिल्यै आफूलाइ बडाइ चडाइ गर्न लाग्नु भएन अरुप्रति बेइमान, षडयन्त्र ,चाप्लुसि गर्न लाग्नुभएन । उहाँको इमानदारितालाइ हामी र हाम्रो संगठनले सदैब स्मरण गरिरहने छ । सरल,मिलनसार स्वभावका हाम्रा सहयोद्धाको अकास्मात मृत्युले हामी सबै स्तब्ध बनाएको छ। कमरेड किरणले जीवनमा लिनुभएको उद्देश्य पुरा गर्ने जिम्मेवरी हाम्रो काधमा आएको हुदाँ उहाँका अधुरो सपनालाइ हामी सबै जिम्मेवार बहन गर्दै बाकि कार्यभारलाइ पुरा गर्नु सबै कमरेडहरु इमानदारीताका साथ लाग्नु नै उहा प्रतिको न्याय र हाम्रो वर्तमान जीम्मेवारी हो । उहाँको सम्झना स्वरुप हामीले संगठनको तर्फबाट स्मृतिगन्थ प्रकासन गर्ने धोषणा एवं प्रतिवद्धता जाहेर गरेका थियो । अखिल(क्रान्तिकारी) केन्द्रिय समितिले उहाँको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गर्नुको साथै ने.क.पा (क्रान्तिकारी माओवादी) २ नं प्रदेश . अखिल(क्रान्तिकारी)ले समेत क.किरण अधिकारी थारुको जन्म स्थान सिस्वनी,जहादी लाहनमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेपश्चात्को यो प्रतिवद्धता स्वरुप अखिल(क्रान्तिकारी) केन्द्रिय समितिले उपाध्यक्ष किरण अधिकारी थारुको स्मारिका प्रकासित अन्तिम तयारी भैसकेको हुदा अव छिटै केहि दिनमै प्रकासित हुने गर्ने जानकारी सबैमा गराउदछौं । क्रान्तिकारी अभिवादन !!
शिलु न्यौपाने,उपाध्यक्ष , अखिल(क्रान्तिकारी) केन्द्रिय समिति ।।





























