अनेकि महासंघ (क्रान्तिकारी)को विज्ञप्ति : मिटरब्याज पीडितहरुमाथि गरिएको प्रहरी दमनको घोर भत्र्सना

अनेकि महासंघ (क्रान्तिकारी)को विज्ञप्ति : मिटरब्याज पीडितहरुमाथि गरिएको प्रहरी दमनको घोर भत्र्सना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले एक प्रेस वक्तव्य जारी गरी यहि २०८० बैशाख ४ गतेका दिन, दिनको करीब १ बजे काठमाडौं रत्नपार्क स्थित शान्ति वाटिकामा मिटरब्याज पीडितहरुको विरोध प्रदर्शन हुँदै गर्दा वर्तमान प्रचण्ड सरकारले गरेको निर्मम दमन र धरपकडको घोर विरोध र भत्र्सना गरेको छ ।

मिटर ब्याज पीडितहरुको आन्दोलनलाई ६ दलीय किसान संघर्ष समितिको तर्फबाट सर्मथन जनाउन र सहयोग पुर्‍याउन जानुभएका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, नेकपाका नेता लोक नारायण सुवेदी लगायत दर्जनौ नेता/कार्यकर्ताहरु घाइते भएको उल्लेख गर्दै वक्तव्यमा घाइते नेता/कार्यकर्ताहरुको नि:शुल्क उपचार गर्न र गिरफ्तार नेता कार्यकर्ताहरुलाई यथाशिघ्र रिहाई गर्न जोडदार माग गरिएको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का महासचिव धनेश्वर पोखरलेलले जारी गरेको वक्तव्यमा मिटरब्याज पीडित जनतालाई न्याय दिन र बैशाख ४ गतेको घटनामा गिरफ्तार गरिएका आन्दोलनकारीहरुलाई यथासिघ्र रिहागरी उक्त घटनमा घाइते सीताराम तामाङ, लोक नारायण सुवेदी तगायतका घाइतेहरुलाई तुरुन्तै स्वास्थ्य उपचार गर्न, आफ्नो हक अधिकारको निम्ति विरोध जुलुस तथा आन्दोलन गर्न पाउने लाकतान्त्रिक विधि पद्दतिको संरक्षण गर्न सरकारसंग जोडदार माग गरिएको छ ।

वक्तव्यमा लामो समयदेखि संघर्षरत पीडित जनताहरुको न्यायोचित मागलाई सम्बोधन गरी उनीहरुको खाद्य संप्रुभातको अधिकारलाई संरक्षित गर्दै मिटर ब्याजी उत्पीडक दलाल–सामन्त, सुदखोर, भुमाफिया र लुटेरा वित्तीय संघ/संस्थाहरुलाई कार्बाही गरी गरिब निमोखा जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्नु पर्नेमा उल्टो आफ्नो बाँच्न पाउने अधिकारको निम्ति बाध्य भएर आन्दोलनमा उत्रेका उत्पीडित जनतामाथि प्रहरी प्रसासन लगाएर दमन गर्ने, बुटलाठी वर्षाउने, गिरफ्ततार गर्ने, मानसिक तथा शारीरिक यातना दिने, न्यायपूर्ण आन्दोलनलाई असफल पार्ने जस्ता निन्दनीय कार्यले यो सरकार जनताको सरकार होकी केही मुट्ठीभर दलाल, सामन्त, सुदखोर, भूमाफिया र राष्ट्रघाती जनघाती तत्वहरुको हो भन्ने प्रश्न चिन्ह खडा गरि दिएको उल्लेद गर्दै यस्ता निन्दनीय पासविक घटनाले सरकार स्वंयै उत्पिडकहरुकाृ संरक्षक बनेर जनतामाथि दमनमा उत्रेको प्रष्ट भएको उल्लेख गरिएको छ र यदि सरकारले यस्ता घटनाहरुलाई समयमै रोक्न सकेन र दोषीलाई कार्बाही गरी उत्पीडित जनतालाई न्याय दिन सकेन भने यसको परिणाम घातक हुने चेतावनी समेत दिएको छ ।