मिटरब्याज पीडितहरुमाथि प्रचण्ड सरकारको आततायी दमनको देजमोद्वारा घोर विरोध, सङ्घर्षलाई निरन्तरता दिन आह्वान

मिटरब्याज पीडितहरुमाथि प्रचण्ड सरकारको आततायी दमनको देजमोद्वारा घोर विरोध, सङ्घर्षलाई निरन्तरता दिन आह्वान

 

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य जारी गर्दै सोमबार मिटर ब्याजीहरुको शान्तिपूर्ण आन्दोलनमाथ पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले गरेको निर्मम दमनको घोर निन्दा र भत्र्सना गुर्नभएको छ ।

वक्तव्यमा प्रहरी दमनबाट वृद्ध–वृद्धा, महिलालगायत करिब दुई दर्जन पीडितहरु गम्भीर घाइते भएका उल्लेख गर्दै यो दमनले विगतको पञ्चायती शासनकालको सम्झना गराएको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “सरकारको यो आततायी दमनको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं । र, अपराधीहरुमाथि अविलम्ब कारवाहीको माग गर्दछौं । घाइते हुनु भएकाहरुको यथाशीघ्र नि:शुल्क उपचारको माग गर्दै उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यो न्यायपूर्ण सङ्घर्षलाई माथि उठाउन र निरन्तरता दिन हामी सबै वामपन्थी, प्रगतिशील र देशभक्तहरुलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गर्दछौं ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ
“ब्याजी शोषणको चरम रुपमा नेपालमा केही वर्षदेखि चल्दै आएको मिटर ब्याज र माइक्रो फाइनान्सको चर्को ब्याजको मारमा परेका खासगरी तल्लो वर्गका किसान र मजदूरले आफूसँग भएको जायजेथा गुमाएर सुकुम्बासी बन्नुपर्ने अवस्था आएपछि उनीहरु आन्दोलित भएर यतिखेर देशको राजधानी काठमाडौंका सडकमा उत्रिएका छन् । संसदीय पार्टीबाहेकका प्राय:जसो सबै जनपक्षीय पार्टी र सङ्गठनहरुले यो न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । हिजो वैशाख ४ गते काठमाडौंको शान्तिबाटिकामा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले निर्मम दमन गरेको छ । वृद्ध–वृद्धा, महिलालगायत करिब दुई दर्जन पीडितहरु गम्भीर घाइते भएका छन् । यो दमनले विगतको पञ्चायती शासनकालको सम्झना गराएको छ । सरकारको यो आततायी दमनको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं । र, अपराधीहरुमाथि अविलम्ब कारवाहीको माग गर्दछौं । घाइते हुनु भएकाहरुको यथाशीघ्र नि:शुल्क उपचारको माग गर्दै उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यो न्यायपूर्ण सङ्घर्षलाई माथि उठाउन र निरन्तरता दिन हामी सबै वामपन्थी, प्रगतिशील र देशभक्तहरुलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गर्दछौं ।”